खानेपानी र विधुतको अझै तिरेन नगरपालिकाले

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २४ असोज
/टीकापुर नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनाएकाब् क्वारेन्टाइनमा खर्च भएको विद्युत र खानेपानीको बिल भुक्तानी नगरेको पाइएको छ ।
क्वारेन्टाइनका लागि नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई क्वारेन्टाइन बनाएको भए पनि केही संस्थागत विद्यालयहरुमा क्वारेन्टाइन सञ्चालन गर्दा खर्च भएको विद्युत र खानेपानीको बिल नगरपालिकाले भुक्तानी नगरेको पाइएको हो । बीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयका प्राचार्य यज्ञराज ज्ञवालीले क्वारेन्टाइनको समयमा खर्च भएको विद्युत र खानेपानीको बिलको भुक्तानी समयमै हुन नसक्दा खानेपानीले लाइन काटेको बताउँदै खानेपानीको बिल विद्यालय आफैले भुक्तानी गरेको बताएका छन् ।
‘खानेपानी र विद्युतको बिल हामीले नगरपालिकालाई दिएका थियौं । नगरपालिकाले रकम भुक्तानी गर्ने भन्ने चाँही छ ।’ प्राचार्य ज्ञवालीले भने, ‘कहिले भुक्तानी गर्छ थाह छैन । हामीले नरगपालिकालाई साउनमै खानेपानी र बिद्युतको बिल पठाइसकेका थियौं ।’ नगरपालिकाले क्वारेन्टाइन बनाउँदा जडान गरिएका पंखा, बत्ती पनि विद्यालयमा नराखेको बताउँदै क्वारेन्टाइनका बेला भएको फोहोर व्यवस्थापनका लागि पनि विद्यालय आफैले काम गरेको प्राचार्य ज्ञवालीले बताएका छन् ।
त्यस्तै, युनाइटेड एकाडेमीका प्रिन्सिपल परमेश्वर साहुले नगरपालिकालाई खानेपानी र विद्युतको बिल भुक्तानीका लागि आग्रह गरे पनि कुनै सुनुवाइ नहुँदा विद्यालय आफैले खानेपानी र विद्युतको बिल तिरेको बताएका छन् । ‘नगरपालिकाले खानेपानी र विद्युतको बिल तिरेन । अन्नततः आफै तिुर्नपर्‍यो ।’ प्रिन्सिपल साहुले भने, ‘क्वारेन्टाइन खाली गरेपछि विद्यालय परिसर कम्तिमा सरसफाई गरिदिनु पर्ने हो । त्यो पनि गरेन । जताततै विद्यालय परिसरमा रक्सीका बोतलहरु मात्र थियो ।’
तर, कणर्ाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले भने नगरपालिकाले क्वारेन्टाइन रहँदासम्म खर्च भएको विद्युत बिल भुक्तानी गरिसकेको बताएका छन् । उनले खानेपानीको बिल विद्यालयले भुक्तानी नगर्ने गरी टीकापुर साना सहरी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थासँग सम्झौता भएको बताउँदै खानेपानीको बिल भुक्तानी गराउनु परेको बताएका छन् ।
उनले क्वारेन्टाइन रहँदा जडान भएका संरचनाहरु नलिने गरी नगरपालिकासँग पहिले नै समन्वय भएको बताउँदै जडान भएका संरचनाहरु नगरपालिकाले विद्यालयलाई नै छोडेको बताएका छन् । उनले क्वारेन्टाइनमा बसेका नागरिकहरुले गरेको फोहोर व्यस्थापनमा भने नगरपालिकाले बेवास्ता गर्दै आएको बताएका छन् ।
टीकापुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै २०७७ साउन २३ गते गरेको पत्रकार सम्मेलनमा २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ १८ पैसा खर्च भएको जानकारी गराएको थियो । तर, नगरपालिकाले विभिन्न विद्यालयहरुमा भएको खर्चको एकीन तथ्याङ्क अझै पनि बाहिर आउन नसकेको भन्दै कोरोनाको नाममा भ्रष्टाचार भएको स्थानीयको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *