खानेपानी संस्थाले स्काडा सिस्टम जडान गर्दै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०७ साउन /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाप्रविधि मैत्री हुने भएको छ । एशियाली विकास बैंक, नगर विकास कोष, टीकापुर नगरपालिका र नगर विकास समितीको संयुक्त लगानिमा निर्माण सम्पन्न भएको खानेपानी संस्थामा भएका चारवटा खानेपानी ट्याङ्कीमा स्काडा प्रविधि जडान गर्न लागेको हो । जुन प्रविधी जडान भएपछि खानेपानीलाई सुचारू गर्न र बन्द गर्नको लागि ट्याङ्कीसम्म पुग्नुपर्ने बाध्यता रहने छैन ।
“खानेपानीलाई समयानुकूल प्रविधि मैत्री बनाउँदै लगेका छौं । खानेपानीका चारवटा ट्याङ्कीमा अटोमेटिक प्रविधि जडान भएपछि खानेपानीमा कुनै समस्या आएपछि त्यसलाई कार्यालयबाटै समाधान गर्न सकिने छ ।” संस्थाका व्यवस्था चन्द्रप्रकाश सोडारीले भने, “सम्भवत यो टीकापुरका लागि यो जडान हुन लागेको प्रविधि पहिलो र नयाँ हो ।” खानेपानी बिभागको करिब ६ करोड ५० लाखको लागतमा स्काडा मेसिन जडान हुने भएको छ । जसका लागि ठेक्का सम्झौता समेत भैसकेको व्यवस्थापक सोडारीले जानकारी दिनुभएको छ ।
“ठेक्का सम्झौता भैसकेको छ । अब सामान खरिदको प्रक्रियामा रहेको निर्माण कम्पनीले बताएको छ ।” संस्थाका व्यवस्थापक सोडारीले भन्नुभयो, “पौष सम्म जडानको काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि खानेपानीको व्यवस्थापनलाई अझै चुस्तदुरुस्त बनाउन सकिने छ ।” अहिले एउटा खानेपानी ट्याङ्कीमा समस्या आए त्यसबाट लाभ लिएका उपभोक्ताले पानी पाउने अवस्था छैन । स्काडा मेसिन जडान भएपछि एउटामा समस्या आएपनी अर्को ट्याङ्कीको पानीलाई समस्या आएको क्षेत्रमा सप्लाई गर्न पनि सकिने छ ।
खानेपानी संस्थामा सात हजार दुई सय उपभोक्ता रहेका छन् । आयोजनाले २४ सैं घण्टा उपभोक्तालाई खानेपानी प्रदान गर्दै आएको छ । आयोजनाको कुल लागतको उपभोक्ताबाट खानेपानी संस्थाले पाँच प्रतिशत करम र बाँकी २५ प्रतिशत रकम नगर कोषको र ७० प्रतिशत एशियाली विकास बैंकको सहयोगमा २०७२ बाट आयोजनाको काम सुरु भएको थियो । ५३ करोड ४० लाख ३६ हजार ७ सय २६ रुपैयाँ आयोजनाको लागत रहेको छ । कुल लागतको २५ प्रतिशत नगर विकास कोषको ॠण आयोजनाले अझै चुक्ता गर्न सकेको छैन । संस्थाले उपभोक्ताले तिर्ने महसुलका लागि आफ्नै एप्लिकेसन बनाएर घरबाट पानीको बिल तिर्न सक्ने व्यवस्था समेत गरेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *