खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


टीकापुर २६ असोज /
बिजया दशमीको अवसरमा टीकापुरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
टीकापुर नगरपालिकाको सहयोग तथा प्रगतिशील राजीपुर युवा क्लबको आयोजनामा शुक्रबारदेखि टीकापुरमा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । क्लबका अध्यक्ष अर्जुन ठकुल्लाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले सामाजिक रुपमा हुने आपराधिक घटना कम गर्नको लागि पनि खेलकुदका गतिविधि हुन आवश्यक रहेको बताउँदै सिजनअनुसार अन्य खेलकुद प्रतियोगिता पनि आयोजना हुनुपर्ने बताएका छन् ।
“खेलकुदका कार्यक्रमहरु सञ्चालन भइरहनु पर्छ । त्यसमा नगरपालिकाले गर्नुपर्ने सहयोग हामी गर्छौं ।” नगर प्रमुख डंगौराले भने, “छिमेकी पालिकासँग समन्वय गरेर पनि खेलकुदका गतिविधि सञ्चालन हुन आवश्यक छ ।” उनले पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रियता खेलको रुपमा विकास भइरहेको बताएका छन् । प्रतियोगितामा ४४ टेमको सहभागिता रहेको छ । प्रथम हुनेले ३१ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुनेले १५ हजार प्राप्त हुनेछ । प्रतियोगिताको तृतीय हुने टोलीले ९ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा टीकापुर नगरपालिका भित्रका खेलाडीलाई नि:शुल्क र अन्य पालिकाबाट आएकालाई एक हजार टिम दर्ता शुल्क कायम गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको स्वागत बसपार्क युवा क्लबका अध्यक्ष तेज थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *