शेयेर गर्नुहोस
काठमाडौ ०९ पुस /
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो ।
अब हाम्रो हातमा केही बाँकि रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए।