गर्मीमा गुल्कोज पानी

शेयेर गर्नुहोस


टीकापुर ०४ असार /
सन्त निरंकारी मण्डलनेपाल टीकापुरले अत्याधिक गर्मी बढेसँगै बजारमा बटुवालाई गुल्कोज पानी वितरण सुरु गरेको छ ।
मानवीय सेवामा र आध्यात्मिक क्षेत्रमा काम गर्दै आएको निरंकारी मण्डलले सोमबार टीकापुरको बसपार्क र खडक चोकमा बजारमा ओहोरदोहोर गर्ने बटुवालाई गर्मीबाट शिथिलता दिलाउने उद्देश्यले गुल्कोज पानी वितरण गरेको हो । मण्डलका केन्द्रिय अध्यक्ष नरबहादुर रावलले देशैभरका शाखाहरुले गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिड्ने बटुवालाई पानीको व्यवस्थापन गर्दै आएको जानकारी दिएका छन् ।
“एक हप्ता पहिलेबाट अभियानको सुरुवात गरेका थियौं । टीकापुरमा मात्रै ढिलो भयो । अब गर्मी रहँदासम्म बटुवालाई पानी पिलाउने अभियान निरन्तर चलिरहन्छ ।” उनले भने, “आवश्यकताको आधारमा मण्डलले मानव सेवामा निरन्तर काम गर्दै आएको छ र गर्दै जानेछ ।” पानी वितरणमा मण्डलका स्वयंसेवक स्वस्फूर्तरुपमा जुटेको टीकापुरका इन्चार्ज महादेव भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *