गाउँपालिकालाई साढे तीन लाख बराबको राहत

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम,०७ भाद्र/
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले रामारोशन गाउँपालिकालाई करिब साढे तीन लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेका छन।
कैलाश खोलामा आएको बाढीका कारण भएको क्षतिको स्थलगत निरिक्षणका लागि अछाम पुगेका मन्त्री बोहराले गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदलाई तीन लाख, साठी हजार बराबरको राहत सामाग्री हस्तान्तरण गरेका हुन। उनले बाढीले पुर्याएको क्षतिको अनुगमन समेत गरेको उनका स्वकीय सचीव आदर्श साउदले जानकारी दिएका छन। उनका अनुसार गाडीपालिकाको वडा नं.२ र ३ को बाढीबाट क्षति ग्रस्त क्षेत्रको अनुगमन गर्नुका साथै गाउँकार्यपालिकाको बैठकमा सहभागी भइ क्षतिको रिपोर्ट संकलन गर्दै गाउँपालिकालाई आवश्यक निर्देशन समेत दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *