गुणस्तर वृद्धिका लागि शिक्षकलाई तालिम

शेयेर गर्नुहोस


टीकापुर २० चैत /
सामुदायिक विद्यालयमा अध्यानरत प्राथमिक तहका अंग्रेजी शिक्षकहरुलाई लेखाई र बोलाई सिपसम्बन्धि ५ दिने तालिम आइतबार देखि शुरु भएको छ ।
श्री सरस्वती माध्यामिक विद्यालय टीकापुर १ बनगाउँको आयोजना उक्त ५ दिने तालिम शुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर पुन मगरको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर उप प्रमुख खडक बहादुर शाहले शिक्षण पेशा एकदम सम्वेदनशिल पेशा भएको बताउँदै यसमा गालि र तालि दुबैको सामना गर्नुपर्ने बताएका छन् । उनले शिक्षकले गालि वा तालि के पाउने भन्ने कुरा स्वयम हातमा रहेको पनि बताए ।
जिवनमा सफलता पाउनका लागि अनुशासनले महत्त्वपूर्ण भुमिका रहने बताउँदै नगर उपप्रमुख शाहले सामुदायिक विद्यालय र निजि विद्यालयको दाजोमा सामुदायिक विद्यालयका शिक्षकहरुमा बढी शिक्षण सिकाइ सम्बन्धि तालिमहरु पाउने गरेको भएपनि परिणाममा भने कम्जोर देखिएको बताएका छन् । उनले सामुदायिक विद्यालयलाई पनि निजि विद्यालय सरह परिणाम ल्याउन विद्यालयमा शिक्षकहरुको निरन्तरता हुन आवश्यक रहेको बताएका छन् । शिक्षालाई राम्रो बनाउने एजेण्डा सहित शिक्षकहरु आएमा लगानीका लागि स्थानीय सरकार सधै अगाडि रहने समेत बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले शिक्षालाई राम्रो बनाउन तालिमि नै आवश्यक नहुने बताउँदै शिक्षालाई राम्रो बनाउन लगनशील, मेहनत र पेशा प्रति जिम्मेवार हुन आग्रह गरेका छन् । उनले प्रविधिको युगमा शिक्षा र शिक्षण क्षेत्रमा थुप्रै कुराहरुको शिकाइ रहेको बताउँदै त्यसको सहि सदुपयोग गर्न सके धेरै कुराको सिकाई गर्न सकिने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका भित्र संचालित ३३ वटा सामुदायिक विद्यालयका प्राथमिक तहमा कार्यरत ३३ जना शिक्षकहरूको उपस्थित रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका तथा तालिम संयोजक सम्झना अर्यालले जानकारी दिएकी छन् । त्यस्तै कार्यक्रममा पुर्व शिक्षिका कला विष्ट, पत्रकार दुर्गा देवकोटा, सामुदायिक पुस्तकालयका अध्यक्ष तारा प्रसाद जोशी, पुर्व प्रधानाध्यापक ललिता शाही, खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षक रामलाल चाैधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत प्रधानाध्यापक खगेन्द्र बहादुर घर्ति मगरले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *