घरबासको माग गर्दै संघर्ष समिती गठन

शेयेर गर्नुहोस


अर्जुन खत्री,
भजनी १३ भाद्र/
भजनीका बाढी पीडितलाई ब्यवस्थित स्थानमा स्थानान्तरण गरिनु पर्ने माग राख्दै संघर्ष समिति गठन भएको छ।
भजनि नगरपालिका वडा नं.१ काे महुन्याल सामुदायिक बनकाे जग्गामा अस्थाई रुपमा बसाेबास गर्दै आएका पिडितहरुले सम्बन्धि निकायसंग ब्यवस्थित डुवान नहुने उच्च ठाउँमा घरबासको माग राख्दै संघर्ष समिती गठन गरिएको हो। । उज्ज्वल सिह साउदको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। उपाध्यक्ष रविन्द्र कढरिया, सचीव निर्मला राजी, काेषाध्यक्ष तेजरानि चौधरी रहेका छन।त्यस्तै सदस्य जितेन्द्र चाैधरी,सर्बदा चौधरी,उपेन्द्र चाैधरी, निर्मला चौधरी, अनिता चौधरी,राजु कडायत,खडक बुढा,रामसेर चाैधरी, साेनि डगाैरा, पल्टी थारु लगायत रहेका छन।
सनिवार बाढी पिडितहरुको बैकल्पिक स्थानको खोजी गरिनु पर्ने भन्दै आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपाका रतन रेग्मी, गणेश बुढा, प्रदिप मल्ल, सुरज चौधरी, नेपाली काग्रेसका वीरबहादुर हमाल, टेक राज न्याैपाने, जनता समाजवादि पार्टीका झंकु चौधरी, लगायत समाजसेवि बुद्धिजिवि लगायतले धारण राखेका थिए। बाढी पिडितहरुलाई उच्च स्थानमा जग्गाको ब्यवस्थापनका लागि सरकारसंग छलफल गरिने खडक बुढाले जानकारी दिएका छन। उज्जवल सिह साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन मातृका उपाध्यायले गरेका थिए भने स्वागत खडक बुढा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *