शेयेर गर्नुहोस
भजनी १५ साउन /
दशकौंदेखि सञ्चालनमा रहेको भजनी नगरपालिका वडा नं. ५ स्थित पृथ्वीपुर छोटी भन्सार सरकारले चालू आर्थिक वर्षबाट बन्द गरेपछि स्थानीय त्यसको विरुद्धमा उत्रिएका छन् ।
लामो समयदेखि सञ्चालन हुँदै आएको भन्सारलाई मुल भन्सार बनाउनुको साटो सरकारले बन्द गरेपछि त्यसको विरुद्धमा भजनीका स्थानीयले सशक्त प्रतिकार गर्ने बताएका छन् । भन्सारको पुनर्स्थापना संघर्ष समिति समेत चयन गरिएको छ । जसको संयोजक अमृत केसीलाई बनाइएको छ ।
भन्सारलाई यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि स्थानीयको रोहवरमामा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यसैगरी स्थानीय भलमन्सा तथा बुद्धिजीवीसँग अन्तरक्रिया कार्यक्रम गर्ने, भन्सार-हुलाकी सडकमा बिरोध कोणसभा गर्ने, बिरोध स्वरुप एक घण्टा थाल बजाएर प्रदर्शन गर्ने भनिएको छ ।
त्यति हुँदा पनि माग सम्बोधन नभए एक घण्टा हुलाकी सडक अबरुद्ध गर्ने, भन्सार पुनर्स्थापनाको लागि हस्ताक्षर तथा सर्वत पानी वितरण कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकार तथा नगरपालिकामा धर्ना तथा घेराउ गर्बे, स्थानीय सरकार नगरपालिकामा तालाबन्दी गर्ने जस्ता कार्यक्रम सार्वजनिक भएका छन् ।
यति गर्दासमेत सरकारले भन्सार पुनःस्थापना गरेन भने
हुलाकी सडक एक दिन पुर्ण रुपमा बन्द तथा अवरुद्ध गर्ने र अनिश्चितकालीन भजनी नगरपालिका बन्द सम्मको चेतावनी दिइएको छ ।










