महासंघको जिल्ला अध्यक्षमा ओझा

शेयेर गर्नुहोस


टीकापुर १५ साउन /
नेपाल शिक्षक महासंघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ ।
शिक्षक महासंघको कैलाली जिल्लाको नयाँ कार्यसमितिको नेतृत्व पुनः गणेश प्रसाद ओझाले पाएका छन् । नयाँ कार्यसमितिको सहअध्यक्षमा मोहन सिंह भण्डारी चयन भएका छन् भने सचिवमा दान बहादुर खाती, उपाध्यक्षमा शान्ति पाल र सहसचिवमा कर्ण बहादुर छेडाल चयन भएका छन् ।
महासंघको सहसचिवमा बर्मराज खनाल, ठण्डराज जोशी, निर्मला जैशी, लक्ष्मीराज ओझा, किरण धिताल, दामोदर चौधरी र कृष्णराज ओझा रहेका छन् । कार्यसमितिका पदेन सदस्यहरूमा तेज बहादुर सिंह, प्रभुनाथ रिमाल, मन बहादुर रावल, रामप्रसाद तिमिल्सेना र धनरिखी न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यहरूमा रामनाथ जैसी, जय बहादुर राना मगर, हृदयराज रेग्मी, परमानन्द भट्ट, टेक सन्ज्याल, जय बहादुर बोहरा, केशर बहादुर खड्का, कल्याण जंग सिजापति, चित्रा ढुङ्गाना, बाबुराम चौधरी र नारायण बि.क. रहेको बताइएको छन् । कार्यसमितिका अन्य सदस्यहरूमा वीरेन्द्र बहादुर थापा, टेक बहादुर मन्नी, नर बहादुर चौधरी र राजाराम ढकाल रहेका छन् ।
नेपाल शिक्षक महासंघले शिक्षकहरूको हकहित संरक्षण, पेशागत अधिकार र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको बताउँदै अध्यक्ष ओझाले आगामी दिनमा झन सशक्त भएर लाग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *