छ महिनामा भेटिए ७४ क्षयरोगका बिरामी

शेयेर गर्नुहोस


टीकापुर ११ चैत/
टीकापुर नगरपालिकामा पछिल्लो छ महिनामा ७४ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
चालू आर्थिक वर्षको पुस महिनासम्म नगरपालिका भिर ७४ जना क्षयरोगका बिरामी भेटिएका हुन । नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा मंगलबार भएको विश्व क्षयरोग दिवसको अवसरमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको छ । टीकापुर नगरपालिकामा औसतमा एक लाखमा दुई सय ८३ जनामा क्षयरोगको लक्षण देखिने गरेको छ । त्यसैगरी कैलाली जिल्लामा दुई हजार ६४ जना पत्ता लगानुपर्ने भए पनि फागुन महिनासम्म ८ सय १२ जना क्षयरोगका बिरामी भेटिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिएका छन् ।
उनका अनुसार गत वर्ष कैलाली जिल्लामा एक हजार पाँच सय १३ जना क्षयरोगका बिरामी फेला परेका थिए । कैलाली जिल्लामा पनि सबैभन्दा बढी क्षयरोगका बिरामी धनगढी उपमहानगरपालिकामा चार सय २९ जना भेटिएका थिए भने सबैभन्दा कम महुन्याल गाउँपालिकामा २२ जना भेटिएका थिए । गतवर्ष सुदुरपश्चिम प्रदेशमा तीन हजार ६ सय ५१ जना क्षयरोगका बिरामी भेटिएका थिए ।
वार्षिक ६७ हजार क्षयरोगका बिरामी देखा पर्ने गरेको भए पनि तथ्यांकमा ३९ हजार मात्रै रहेको शाखा प्रमुख रावलले बताएका छन् । त्यसमध्ये झण्डै १६ हजारले क्षयरोगका कारण ज्यान गुमाउनु परिरहेको छ । उनले एक सक्रिय बिरामीले औसतमा १० जनासम्मलाई रोग सार्न सक्ने बताए । क्षयरोग निवारणका लागि सरकारले निकै मिहेनत गरिरहेको बताउँदै नेपाललाई सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार सुदुरपश्चिममा १९ स्थानीय तह अहिले पनि क्षयरोग मुक्त पालिका घोषणा भैसकेको बताउँदै टीकापुर नगरपालिका पनि क्षयरोग मुक्त पालिका यसअघि नै घोषणा गरिएको बताएका छन् ।
६ महिनासम्म नियमित औषधिको सेवनले क्षयरोग निको हुने बताइएको छ ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *