जन्म दर्ता व्यवस्थापन प्रणाली परियोजनाको पहिलो बैठक संपन्न।

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी २४ चैत /
कैलालीको भजनीमा जन्म दर्ता व्यवस्थापन प्रणाली परियोजनाको पहिलो बैठक सम्पन्न भएको छ।
NNSWA को आयोजना तथा जर्मनको सहयोगमा भएको थियो। परियोजनाको लक्ष्य व्यक्तिगत घटना दर्ता प्रणाली विशेष गरी स्थानिय सरकारमा जन्म दर्ता र गुणस्तरीय तथ्याङ्कको उपलब्धतालाई बलियो बनाउने उदेश्य का साथमा उक्त बैठकको आयोजना गरिएको बताइएको छ । जिल्ला तथा स्थानिय निकायहरुसँग सहकार्य गरी समयमा जन्म दर्ता तथा व्यक्तिगत घटना दर्ताबारे जनचेतना अभिवृ‌द्धि गर्दै घटना दर्ताको लागी समुदायलाई प्रोत्सहन गर्ने,जन्म दर्ता तथा व्यक्तिगत घटना दर्ता कार्यमा स्वास्थ्य क्षेत्रको भुमिका तथा योग्दान सम्बन्धी स्वाथ्यकर्मी तथा महिला स्वस्थ्य स्वयंसेवीकाहरुलाई अभिमुखिकरण गराउने कार्यक्रम रहेको छ ।
उक्त बैठकमा भजनी नगर प्रमुख केवल चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर सिंह, वडा सदस्य ,प्रसाशन अधिकृत चन्द देव भट्ट,स्वास्थ्य शाखा प्रमुख कैलाश थारु, पंजीकरण शाखा प्रमुख खेम पनाडी, स्वास्थ्यकर्मी,महिला स्वस्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । बैठकको प्रशिक्षण देवराज बडुले गरेको बैठकको सहजीकरण रोशन लाल चौधरी र बिनिता चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *