जमरा कुलोको १५ अाैं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १९ असोज /
जमरा कुलो शाखा सिंचाई प्रणाली जल उपभोक्ता संस्थाको १५ अाैं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मानबहादुर चाैधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु रहेका थिए । रानी जमराको सिंचाईको आयोजनाले किसानहरुलाई मात्र हैन सम्पुर्ण टीकापुर वासीलाई सहज भएको उनी बताउँछन् ।
कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले जमरा कुलो हाम्रो पुर्खाैली सम्पत्ति जस्तै भएको बताउँदै त्यसको संरक्षण र सवद्वधन गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन् । उनले रानी जमराको गाैरवको आयोजनाले गर्दा किसान वर्गहरुमा धेरै सहयोग मिलेको बताए । “स्थानीय सरकार भन्दा रानी जमरासँग सिंचाईका लागि धेरै बजेट छ ।” उनले भने “जति सिंचाईका लागि रानी जमराले खर्च गर्न सक्छ त्यति स्थानीय सरकारले गर्न सक्दैन ।”
“हाम्रो बानी थोरै समस्या आउँदा केही नबोल्ने, त्यही समस्या ठुलो भइससके पछि अरुको टाउकोमा थुपार्ने बानी छ ।” किसानका समस्या थुप्रै रहेको बताउँदै स्थानीय सरकारसँग सिमित स्रोत साधन भएका कारण स्थानीय सरकार मुखदर्श भएर बस्नुपरेको उनले बताए । उनले आजभोलिका किसान धेरै बाठा भएका कारण रानी जमरा, स्थानीय सरकार, संघसंस्था लगायत अन्य सरोकारवाला निकायले दिने गरेको अनुदानको विषयमा कागज मिलान गरेर मात्र अनुदान रकम असुल्ने प्रविधिले वास्तविक किसानहरु अनुदानबाट छुट्ने गरेको बताएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि रानी जमरा कुलरिया सिंचाई आयोजनाका प्रमुख रविन्द्र बहादुर थापाले रानी जमराको गाैरवको आयोजना अन्तरगत ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएका छन् । उनले आयोजनाले बनाईदिएका संरचना आयोजनाको समयावधि सम्म मात्र हेर्ने बताउँदै आयोजनाको समय समाप्ति पछि ति संरचनाहरुको संरक्षण किसानहरूले नै गर्नु पर्ने समेत बताएका छन् ।
कार्यक्रममा वडघर पर्शत तुल्सी राम चाैधरी, ज्ञानी ले अध्यक्ष जोखनलाल चाैधरी, लेखा समिति सदस्य हिरा चाैधरी, रानी जमरा सिंचाई आयोजनाका धर्मेन्द्र कुमार झा, रानी कुलो शाखा सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष श्रीपाल चाैधरी, रानी जमरा सिंचाई आयोजना बाली बिससंज्ञ कमल तामाङ, कुलरिया शाखा सिंंचाई प्रणाली जल उपभोक्ता संस्थाका सचिव हेमनाथ उपाध्याय लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमले स्वर्गीय सन्तराम थारु, बाबुराम महतो, नरबहादुर चाैधरी र लक्ष्मण चाैधरीलाई मरोणोपरान्त कदर पत्र प्रदान गरेको छ साथै चिन्कु चाैधरीलाई सम्मान पत्रबाट सम्मान गरेको थियो ।
संस्थाका उपाध्यक्ष अमर बहादुर चाैधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भुपेन्द्र पुन मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *