जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

शेयेर गर्नुहोस


टीकापुर ०८ असार /
जानकी गाउँपालिकाको बाह्रौ गाउँसभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रमलाई केहि सशोधन गर्ने गरि पारित गरिएको हो । गाउँपालिकाले आर्थिक विकास क्षेत्र तर्फ कृषि व्यवसाय तथा पशुपालन पेशालाई प्राथमिकता दिदै वडा नं. ४ को नमुना कृषि अनुसन्धान तथा तालिम केन्द्रलाई कृषि अवलोकन क्षेत्रको रुपमा विकास गर्ने, उत्पादनमा आधारित प्रोत्साहन अनुदानको कार्यक्रम, कृषि उपज ढुवानीको व्यवस्था र सरल कृषि कर्जाको लागि पहल गर्ने र सुचिकृत वेरोजगारलाई रोजगारको दिने निती लिएको छ ।
सामाजिक विकास क्षेत्रतर्फ विवाहको लागि वडाबाट अनुमति लिनु पर्ने, बडघर भल्मन्सा समाजसेवी लक्षित कार्यक्रम ंसंचालन गर्ने,नेपाल जातिय संग्राहलको संरक्षण र प्रवद्र्धन गर्ने, अध्यक्ष छात्रवृत्ति कार्यक्रम ल्याउने, बाल विकास मन्टेशवरी तालिम, अंग्रेजी माध्यमबाट शिक्षा दिने सामुदायिक विद्यालयलाइ प्रोत्साहन गर्ने, सामुदायिक पुस्तकालय स्थापनाकाको पहल गर्ने, अभिभावक विहिन बालबालिकाको लागि कार्यक्रम संचालन गर्ने, सिकलसेल थालासेमिया रोगको पहिचानको लागि स्क्रिनिङ्ख स्वास्थ्य शिविर संचालन, ६० वर्ष कटेका महिला स्वास्थ्य स्वयम् सेविकाको सम्मान सहित विदाई , जेष्ठ नागरिक घरदैलौ स्वास्थ्य कार्यक्रम, खानेपानी तथा सरसफाइ स्वच्छता योजना तयारी गर्ने निती तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि रहेका छन् ।
पुर्वाधार विकास क्षेत्रमा प्राथमिकताका आधारमा योजना निमार्णमा जोड दिने, केहि वडा कार्यालयको भवन निमार्ण, सार्वजनिक जग्गाको पहिचान गरि खुल्ला क्षेत्रको अवधारणा अनुसार काम गर्ने, घरको वर्गिकरण प्रक्रिया अगाडी बढाउने र छाडा पशु व्यवस्थापनका लागि भौतिक पुर्वाधार निमार्ण गर्ने कार्यक्रम रहेको छ भने बन वातावरण तथा विपत व्यवस्थापनका लागि स्थानिय विपत व्यवस्थापन कोष वृद्धि गर्ने, आफ्नो नाममा आफ्नो रुख रोप्ने, परम्परागत बस्तुमा प्रोत्साहन गर्ने, स्थानिय पाठ्यक्रममा विपत व्यवस्थापनका विषयबस्तु समावेश गर्ने, दमकल सेवा संचालनको लागि पहल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सुशासन तथा संस्थागत विकासका लागि कार्यसम्पानदनका आधारमा कर्मचारीलाई पुरस्कृत तथा दण्डित गर्ने, सुरक्षा संयन्त्रको व्यवस्था गर्ने, न्यायीक सम्पादनको सहज बनाउने जस्ता निती लिएको छ ।
सोही गाउँसभामा विधायन समितीका संयोजक सुरेश चौधरीले प्रस्तुत गरेको खानेपानी आयोजना कार्यान्वयन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नु भएको थियो । उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
यस्तै सभामा प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर विष्टले आर्थिक वर्ष २०७९/०८० कार्यपालिका निर्णय अनुमोदनको लागि प्रस्तुत गरेका थिए । उनले सभामा २४ वटा गाउँकार्यपालिकाले गरेको निर्णय सार्वजनिक गरेका थिए । प्रस्तुत निर्णय मध्ये कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता, बेरुजू फरफारक लगाएतको निर्णयमा अनुमोदन गर्ने गरि पारित गरिएको छ । गाउँसभाको अर्को बैठक असार ८ गते (आज) दिउँसो १ बजे बस्ने छ । उक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वजेट प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *