जानकी र जोशीपुरमा नागरिकको कार्यपालिका

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १९ जेठ /
कैलालीको जानकी र जोशीपुर गाउँपालिकामा सबै कार्यपालिका सदस्यहरु नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित हुनुभएको छ । जानकी गाउँपालिका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । त्यहाँ पार्वतिदेवी डगौरा थारु, पवित्रा विश्वकर्मा, इन्द्रा सोप विक, लक्ष्मी चौधरी र दलित अल्पसंख्यकबाट राधा भूल र नरबहादुर कुमाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विश्वदीप वेस्राले जानकारी दिनुभएको छ । जानकीमा १७ सदस्यीय गाउँ कार्यपालिकामा १० जना नागरिक उन्मुक्तिका निर्वाचित हुनुभएको छ । जोशीपुरमा महिलातर्फ फूलमति डगौरा, इश्वराकुमारी टमट्टा, सरस्वति डगौरा, सोनी डगौरा निर्वाचित हुनुभएको छ भने दलित अल्पसंख्यकबाट राजेश सुनार र राजकुमारीदेवी कुमाल विजयी हभएको निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिनुभएको छ । १५ सदस्यीय कार्यपालिकामा नागरिक उन्मुक्तिका १२ सदस्य निर्वाचित हुनुभएको छ ।
उता बर्दगोरिया गाउँकार्यपालिका सबै सदस्य नेकपा एमालेका निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार कलावति रेग्मी, माया चौधरी, मिरा आलेमगर, सरस्वति कामी, पुष्कर विक र भीमबहादुर विक निर्वाचित भएका हुन । सात वटा वडा रहेको बर्दगोरियामा यसअघि निर्वाचित ३२ जनप्रतिनिधिमा काँगे्रस माओवादी गठबन्धनका १६ र नेकपा एमालेका १६ जना निर्वाचित भएका थिए । १४ सदस्यीय कार्यपालिकामा नेकपा एमालेका नौ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *