जेसीजको क्षेत्र घ सम्मेलन सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ भदौ /
नेपाल जेसीजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा शुक्रवारदेखि सुरु भएको क्षेत्र घ सम्मेलन शनिबार सम्पन्न भएको छ ।
नवलपरासीको गैडाकोटदेखी पश्चिमका जेसीज शाखाहरुको सहभागिता रहेको सम्मेलन उपलब्धिमुलक रुपमा सम्पन्न भएको हो । १८ देखि ४० वर्षसम्मका युवाहरूको सहभागिता रहेको उक्त सम्मेलनले टीकापुरको पहिचानलाई थप उचाईमा पुर्याएको बताउँदै सम्मेलनका निर्देशक नवराज रावलले सम्मेलनलाई सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । “सहभागिताको हिसाबले होस् वा सम्मेलनमा प्रस्तुत भएका विषयवस्तुका हिसाबले होस् सम्मेलन सफल रहयो ।” निर्देशक रावलले भने, “यो सबैको सहयोग र समन्वयका कारण सम्पन्न भएको हो । सम्मेलनलाई सम्पन्न गर्न आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं ।”
आतिथ्य शाखा तथा टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश विकले क्षेत्र घ सम्मेलनले टीकापुरको आर्थिक तथा पर्यटकीय क्षेत्रमा पनि सहयोग पुगेको बताउँदै सम्मेलन निकै उपलब्धि मुलक भएको बताएका छन् । उनले विभिन्न शाखाबाट टीकापुर आएका अतिथिहरुलाई क्षेत्र घ सम्मेलनबाट नराम्रा कुरालाई टीकापुरमै बिर्सेर नयाँ कुरालाई अनुसरण गर्दै लैजान आग्रह सामेत गरेका थिए ।
आउँदो वर्षको क्षेत्र घ सम्मेलन गर्ने जिम्मा रुपन्देहीको तिलोतमा जेसीजले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *