शेयेर गर्नुहोस
समाधान समाचार,टीकापुर, ३० चैत्र/
कैलाली जिल्लामा कोअपरेटिभ म्यानेजर्स क्लब गठन भएको छ । टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर छबिलाल जैशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती रहनेगरी कोअपरेटिभ म्यानेजर्स क्लब कैलाली गठन गरिएको हो ।
२०७७ चैत्र १७ गते कैलालीको धनगढीमा भएको कैलाली जिल्लाका सहकारी संस्थाहरुका म्यानेजरहरुको भेलाले जैशीको अध्यक्षतामा क्लब गठन गरी दर्ता गर्ने निर्णय गरेको थियो । सोहि भेलाको निर्णय अनुसार संस्थाको विधान तयार गरी कैलाली जिल्लाका सबै प्रकृतिका सहकारीका प्रमुख कर्मचारीहरु सदस्य रहनेगरी संस्था दर्ताको कार्य सम्पन्न गरिएको संस्थाका अध्यक्ष जैशीले जानकारी दिनुभयो । समितीको उपाध्यक्षमा तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर लालबहादुर भण्डारी र अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर नवराज न्यौपाने रहनुभएको छ । त्यसैगरी महासचिवमा जन वातावरण बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर रुद्र प्रसाद खनाल, सचिवमा नोबेल बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर नरेन्द्र टमट्टा, कोषाध्यक्षमा चुरे संरक्षण महिला बचत तथा ऋण सहकारीका म्यानेजर ज्ञानु कुमारी बुड्थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा महिला जागरण बहुउदेश्यीय सहकारीका म्यानेजर बाल कुमारी चौधरी, एकता प्रगतिशिल बचत तथा ऋण सहकारीका म्यानेजर शेरबहादुर बोगटी, कल्गी बचत तथा ऋण सहकारीका म्यानेजर सुस्मा चौधरी, चुलीमालिका बचत तथा ऋण सहकारीका म्यानेजर विष्णु प्रसाद उपाध्याय र हमार बचत तथा ऋण सहकारीका म्यानेजर सन्तोष कुमार चौधरी रहेका छन् । संस्थाले सहकारी अभियानका विषयहरुमा वहस, पैरवी गर्ने, विभिन्न कार्यशाला गोष्ठी, छलफल तथा सहकारी सम्बन्धि तालिमहरुको आयोजना गर्ने, सहकारी संघसंस्थाका म्यानेजर एवम् कर्मचारीहरुको पेशागत हकहितका लागि पैरवी गर्ने तथा सम्पूर्ण सहकारीकर्मीहरुको क्षमता अभिवृद्धी गर्ने लगायतका कार्य गर्ने उदेश्य राखेको जनाइएको छ ।