झपट साउद जसको इतिहास जनयुद्धसँग छ

शेयेर गर्नुहोस


टीकापुर ०७ जेठ /
अछामबाट निर्वाचित प्रदेश सभा सदस्य झपट बहादुर साउद सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रका तर्फबाट निर्वाचनमा होमिएर अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ बाट नेकपा एमालेका कृष्ण प्रसाद जैसीलाई पराजित गरेर साउद सदनको यात्रामा होमिएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका साउदलाई शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । उनीसँगै शुक्रवार माओवादी केन्द्रका तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को ‘ख’ बाट निर्वाचन जितेका रमेश धामी पनि मन्त्री नियुक्त भएका छन् । धामी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
अछामबाट सदनको यात्रामा साउदको राजनीतिक जीवन
जनयुद्ध र वर्ग सङ्घर्ष बाट स्थापित झपट साउद उर्फ मर्मको राजनीतिक जीवन सङ्घर्षशील ।छ । साउद २०३७ सालमा अछाम जिल्लाको तत्कालीन रामारोशन गाविसको भटाकाटीया वडा नं ६ स्थित पुदुमा बुबा वीर बहादुर साउद र आमा भिरकी देवी साउदको कोखबाट माइलो छोराका रूपमा जन्मिएका हुन् । उनका चार दाजुभाइ छन् । आधारभूत तहको अध्ययन गाउँकै पूर्णचन्द्र माविबाट पुरा गरेका उनले यशोदा मावि नेटाकोट बाट कक्षा ८, महेन्द्र मावि बयालपाटा बाट एसएलसी र जनता बहुमुखी क्याम्पस बयलपाटाबाट उच्च शिक्षा अध्ययन सम्पन्न गरे ।
२०५४ सालबाट राजनीति जीवन सुरु गरेका साउदले माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व देशभरका करिब १७ जिल्लामा सफलतापूर्वक निर्वाह गरेका छन् । उनले २०५४ सालमा अखिल क्रान्तिकारी को इकाई कमिटी सदस्य बाट राजनीतिक जीवन सुरुवात गरेका थिए । २०५५ सालमा माओवादी केन्द्र निकट वाइसिएलका वडा अध्यक्ष भए । २०५६ साल कार्तिक २३ गते बाट भूमिगत भएका उनी ०५८ सालमा अखिल क्रान्तिकारीको अछाम जिल्ला अध्यक्ष भए । २०५९सालमा अखिल क्रान्तिकारीको अछाम जिल्ला अध्यक्ष दोस्रो कार्यकालमा दोहरिँदा माओवादी केन्द्रको जिल्ला सदस्य भए । २०५९ सालमा अखिल क्रान्तिकारीको अछाम, बाजुरा र कालिकोट जिल्ला इन्चार्ज भए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैन्य कु पछि २०६२ सालसम्म देशकै राजधानी काठमाडौँबाट तत्कालीन बागमती अञ्चलका ९ जिल्ला र नारायणी अञ्चलका ५ जिल्लामा उनले अखिल क्रान्तिकारीको १४ जिल्ला संयोजकको जिम्मेवारी सफलतापूर्वक बहन गरे ।
२०६३ सालमा अखिल क्रान्तिकारीका सुदूरपश्चिम संयोजक र पार्टीको क्षेत्रीय ब्युरो सदस्य भए । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्रीय ब्युरो रहेकै समयमा अछाम निर्वाचन क्षेत्र नं १ बाट पहिलो संविधान सभाको निर्वाचनमा १६ हजार ५ सय मतसहित पराजित हुन पुगे । अखिल क्रान्तिकारीको जिम्मेवारीसँगै २०६४ सालसम्म पार्टीको क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पनि उनले सम्हाले ।त्यसपछि २०६६ बाट पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुँदै २०७३ सालमा अछाम जिल्लाको पार्टी जिल्ला संयोजकको जिम्मेवारी प्राप्त गरे । २०७५ सालमा नेकपा एकताका क्रममा उनलाई अछाम जिल्ला सचिवको जिम्मेवारी दिइयो ।
नेकपा विभाजन पछि २०७७ सालमा उनलाई फेरी जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी प्रदान भयो । आठौँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज भए । दश बर्से जनयुद्धका क्रममा साउदको भूमिका महत्त्वपूर्ण रह्यो । उनी वाइसिएलको भटाकाटिया अध्यक्ष हुँदा २०५७ सालमा रामारोशन भटाकाटिया परिवनमा प्रहरी घेरा तोडेर उम्किएका थिए । माओवादी जनयुद्धको सफलताको कडी मानिएको २०५८ सालमा मङ्गलसेनमा आक्रमण गर्दा साउँदले विद्यार्थी मोर्चाको नेतृत्व गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *