शेयेर गर्नुहोस
टीकापुर १६ माघ /
टीकापुरमा टि-१० क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस टीकापुरको आयोजनामा माद्यामिक बिधालय स्तरीय टि-१० क्रीकेट प्रतियोगिता आयोजना हुन लागेको हो । माघ २७ गतेबाट आयोजना हुन लागेको प्रतियोगिताको तयारी भैरहेको स्ववियु सभापति नृपजंग थापाले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिधालयले सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिताको बिजेता टिमले ४१ हजार नगद सहितको पुरस्कार प्राप्त गर्ने छ भने उपबिजेताले २६ हजारमा चित्त बुझाउनुपर्ने छ । प्रतियोगितामा सहभागी जनाउन तीन हजार दर्ता शुल्क कायम गरिएको छ । टिम दर्ताको समय माघ २३ गतेसम्म राखिएको छ । खेल क्षेत्रमा सम्भावना भएका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको सभापति थापाले जानकारी दिए ।