टीकापुरमा ब्याडमिन्टन प्रतियोगिता हुने

शेयेर गर्नुहोस


टीकापुर ०६ चैत /
टीकापुर बसपार्क युवा क्लबले खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यहीँ चैत ८ गतेबाट युवा क्लबले “बी” लेभलको खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको हो । विगतका वर्षहरूमा जस्तै क्लबले यसपटक पनि प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष तेज थापाले जानकारी दिएका छन् । उनका अनुसार कैलाली लगायत बाह्य जिल्लाहरुबाट पनि प्रतियोगितामा भाग लिन खेलाडी आउने छन् । “युवाहरूलाई खेलकुदको माध्यमबाट प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएका छौँ ।” उनले भने, “सबै खेलाडीहरुलाई हामी आव्हान पनि गर्छौं कि प्रतियोगितामा सहभागिता जनाएर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुस् ।”
प्रतियोगितामा प्रथम हुने टिमले ४१ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए । त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हुने टिमले ३१ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थान हुने टिमले २१ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । अध्यक्ष थापाका अनुसार प्रतियोगिताको अनुशासित टिमले दुई हजार एक सय नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकआउट म्याथडबाट सञ्चालन गरिने प्रतियोगितामा क्षेत्रीय खेलाडीलाई सहभागी नगराइन अध्यक्ष थापाले बताएका छन् । उनका अनुसार खेलाडीलाई खेल पोशाक र ब्याडमिन्टन जुत्ता अनिवार्य भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *