टीकापुर उद्योग वाणिज्य संघको २४ औं साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर २३ भदौ /
टीकापुर उद्योग वाणिज्य संघको २४ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र शुक्रबार सम्पन्न भएको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमना सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सम्भावनालाई पछ्याउँदै काम गरिरहेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशको कृषि, पर्यटन र जलस्रोतलाई सम्भावनाको रुपमा पछ्याउँदै काम गरिरहेको बताउनुभएको हो । “हाम्रा अगाडिका सम्भावनालाई पहिचान गरेर काम गर्न सके त्यसबाट अल्पकालीन र दीर्घकालीन दुबै फाइदा हुनसक्छ ।” मुख्यमन्त्री शाह भन्नुहुन्छ, “हामीले व्यावसायिक कृषि गर्नेलाई शुन्य प्रतिशत व्याजदरमा ऋणको व्यवस्था, पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि खप्तडमा धार्मिक सम्मेलन गर्दै दशकौंदेखि सुन्दै आएको पश्चिम सेती जलविद्युत आयोजनाको कामलाई दीर्घकालीन सम्भावनाको रुपमा अगाडि बढाएका छौं ।”
उहाँले भारतसँग धेरै कुरामा प्रदेश सरकारले फाइदा लिन सक्ने बताउँदै प्रधानमन्त्रीको यसभन्दा अगाडिको भारत भ्रमणले सबैभन्दा बढी फाइदा सुदुरपश्चिमलाई भएको बताउनुभयो । “प्रधानमन्त्रीको भारत भ्रमणले सुदुरपश्चिमलाई धेरै फाइदा भएको छ । जलविद्युतका क्षेत्रमा भारतले गरेको निर्णयबाट सबैभन्दा बढी सम्भावना भएको विद्युत उत्पादनबाट प्रदेशले लाभ लिनसक्ने
बाटो खुला भएको छ ।” उहाँ भन्नुहुन्छ, “अब प्रधानमन्त्रीको चिन भ्रमणले सेती लोकमार्गको निर्माण सुनिश्चित हुन सक्यो भमे सुदुरपश्चिम समृद्ध हुन समय लाग्ने छैन ।”
कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री शाहले निजि क्षेत्रलाई स्थापित गर्न प्रदेश सरकार सधैं तयार रहेको बताउनुभयो । “तपाइँसँग भएको लगानीको यथेष्ट योजना ल्याएर आउनुहोस् । त्यसमा हामीले गर्नुपर्ने के हो गर्न तयार छौँ ।” उहाँले भन्नुभयो, “अपेक्षा धेरै गर्ने, दीर्घकालीन योजनाका साथ आउन नसक्ने हुँदा पनि समस्या आएको छ । प्रदेशमा लगानी गर्ने राम्रो वातावरण छ । बनाएका छौं ।आउनुहोस् सँगसँगै सुदुरप श्चिमलाई समृद्धिको बाटोमा लैजाऔं ।”
उहाँले सरकार सधैं जनताको माझमा रहेको रहेको बताउँदै अहिले नै विकास भएको छैन भनेर नागरिक निराश हुने अवस्था नरहेको बताउनुभयो । “विकास भएको छ । कामहरू थुप्रै भएका छन्, तर पुर्ण भएका छैनन् ।” मुख्यमन्त्री शाहले भन्नुभयो, “हाम्रो स्रोतसाधनले गरेको कामबाट हामी सन्तुष्ट छौं ।” उनले टीकापुरको इतिहास कायम राख्नका लागि सबै संबेदनसिल हुनुपर्ने बताउँदै टीकापुरका लागि गर्नुपर्ने विकासमा एक पाइला सधैं अगाडि हुने बताएका छन् ।
कार्यक्रममा प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले प्रदेश सरकारकोले कैलालीको पुर्वी क्षेत्रलाई सौतेनी व्यवहार गर्दै आएको आरोप लगाएका छन् । उनले प्रदेशको आधा बजेट धनगढी उपमहानगरपालिकामा सिमित हुँदा ८७ स्थानीय तहले आधा बजेटको भाग मात्रै पाएको बताए । कार्यक्रममा सांसद चौधरीले टीकापुरका भु माफियालाई पहिचान गरेर समयमै ठेगान लगाउन आवश्यक रहेको तर्क पनि राखेका छन् ।
टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले समन्वय, सहकार्य र सहअस्तित्वलाई स्वीकार गर्न सकेमात्र लिएको लक्ष्य पूरा हुने बताएका छन् । उनले विशिष्ट प्रकारका पुर्वाधार एउटै क्षेत्रमा राख्न आवश्यक हुने भन्दै केही सरकारी कार्यालय टीकापुरमा हुँदा यातायात कार्यालय टीकापुरमा स्थापना गर्न मुख्यमन्त्रीसँग माग गरेका छन् । “धेरै कार्यालय टीकापुरमा छन् । सबै कार्यालय एउटै ठाउँमा हुँदा सेवाग्राहीहरुलाई सास्ती हुँदैन । त्यसकारण यातायात कार्यालय पनि टीकापुरमा स्थापना गर्नुपर्छ ।” नगर उपप्रमुख शाहले भने, “यसमा मुख्यमन्त्री ज्युले विभेद गर्नुहुनेछैन । विकासका एजेण्डामा प्रदेश सरकारसँग स्थानीय सरकार सधैं सँगसँगै काम गर्न चाहन्छ ।”
संघका पुर्व अध्यक्ष नवराज रावलले व्यापारीहरुको हकहितका लागि संघ लागिपरेको बताउँदै व्यापारीहरु पनि संघ प्रती जिम्मेवार हुन आग्रह गरेका छन् । संघले सोही अवसरमा मुख्यमन्त्री शाहलाई टीकापुरमा यातायात कार्यालयको सेवा केन्द्र स्थापना, खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा प्रयोगशालासहितको क्वारेन्टाइन र संघको अपूरो बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने माग राखेको छ ।
साधारण सभाले चारवटा बिधालय र सोही बिधालयका बिद्यार्थीलाई सम्मान गरेको छ । जसमा भानुभक्त आधारभूत बिधालयकी काजल आउजी, सेती मैयाँ चौधरी माध्यमिक बिधालयकी सेदेशा चौधरी, राष्ट्रिय आधारभूत बिधालय अरुणाफाटाका गोपाल विक र कालिका राष्ट्रिय आधारभूत बिधालयकी अनुष्का परियारलाई कार्यसमिति छात्रवृत्ति कार्यक्रम मार्फत जनही पाँच हजार नगद, सम्मानपत्र र बिधालयलाई सम्मानपत्रले सम्मान गरिएको थियो । संघका महासचिव नवराज रिमालले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष सन्तोष खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *