टीकापुर जेसिजको २४ औ पदस्थापन

शेयेर गर्नुहोस


लक्ष्मण बि क
टीकापुर १० माघ /
टीकापुर जेसिजको २४ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
टीकापुर जेसिज वर्ष २०२० का सभापति तपेन्द्र स्वाँरको सभापतित्वमा भएको कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सांसद उमादेवी बादी रहेकी थिइन् भने विशिष्ट अतिथि टीकापुर नगरपालिकाकी उप–प्रमुख केशरी बिष्ट रावल र नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष सुजन बडुवाल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख उमादेवी बादीले जेसिजको विश्व–विद्यालयको दैलोसम्म कहिल्यै पुग्न नसकेको भन्दै जेसिजको आफ्नो पहिलो कार्यक्रम रहेको बताएकी छन् ।
उनले जेसिजमा राजनीतिमा जसरी कुर्सी तथा पदका लागि लडाइँ झगडा नहुने बताउँदै यस्ता कार्यक्रमबाट स्थानीय प्रदेश सरकार र सरकारले केही कुरा सिक्न जरुरी रहेको बताएकी छन् । ‘साँँच्चै मानव जीवन भनेको वास्तवमा जेसिजको जीवन हो’ उनले भनिन्, ‘केही सिक्नु छ भने जेसिजको विद्यालय जानू पर्छ ।’ उनले विश्व कोभिड–१९ को महामारीमा गुज्रिरहँदा पनि टीकापुर जेसिज लगायत अन्य जेसिजहरुले समाज सुधारका लागि काम गर्दै आइहरेको बताएकी छन् । उनले जेसिजको विश्वविद्यालयबाट युवाहरुले थुप्रै कुराहरु सिक्ने अवसर प्राप्त गर्न सक्ने भन्दै जेसिज जीवनमा आफ्ना आभूतिहरु दिन युवाहरुलाई आग्रह गरेकी छन् । उनले थुप्रै कार्यक्रमहरुमा आसन, शासन र भाषण महिलाका लागि भने तापनि त्यो भनाइमा मात्र सीमित रहेको भन्दै जेसिजको प्रयोग मानव जीवनका लागि उत्तम भएको बताएकी छन् ।
कार्यक्रममा विशिष्ट अतिथि बिष्टले राष्ट्र विकासका लागि युवाहरुको खाँचो रहने बताउँदै त्यस्ता युवाहरु खोज्न अन्त कतै नगई जेसिज पाठशालामा पाउने बताएकी छन् । जेसिज अनुशासनको भण्डार रहेको भन्दै विष्टले जेसिजले हजारौं युवाहरुलाई सुमार्गतिर डो¥याउन प्रेरित गरेको बताइन् । उनले अनुशासनको ज्ञान लिनु छ भने जेसिजको विश्व विद्यालयमा जानू पर्ने बताएकी छन् ।
कार्यक्रममा प्रत्येक वर्ष जस्तै यस वर्षको जेसिज अफ द इयरको उपाधि वर्ष २०२० का महासचिव पृथ्वीराज ढुंगानालाई दिइएको थियो र जेसिजका पूर्व अध्यक्ष गणेशबहादुर साउँद र टीकापुर आर्टस्का गणेशराज शाहीलाई सम्मान गरिएको छ । वर्ष २०२० का उपाध्यक्ष झनकराज तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०२० महासचिव पृथ्वीराज ढुङ्गानाले गरेका थिए ।
त्यस्तै कार्यक्रममा वर्ष २०२१ का नयाँ पदाधिकारीहरुको पदस्थापन समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *