शेयेर गर्नुहोस
टीकापुर २९ असार/
टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८१ को वार्षिक सेवा प्रवाह, योजना र कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ सत्तीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न राजनितिक दल, नागरिक समाज र सर्वसाधारणले सहभागि जनाएका थिए ।
कार्यक्रममा सहभागिहरुले नगरपालिकाको नीतिगत र आयोजनाको बारे प्रश्नहरु गरेको थिए । नागरिक-को तर्फबाट वडाको खेलकुद, सडक, डुवान, विद्यालय, शिक्षा तथा भूमि सम्बन्धि समस्याबारे प्रश्न गरेका थिए ।
शैक्षिक वर्ष २०८० को हालै प्रकाशित एसईईको नतिजामा टीकापुर नगरपालिकाभित्रका विद्यालयहरुको नतिजा निकै कम्जोर आएको र केही विद्यालयको नतिजा शुन्य आएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराइए-को थियो । गत वर्षको नगरपालिकाको महलेखाको प्रतिवेदनले औंल्याएको विषयलाई जोड दिएका थिए । भने महलेखाको प्रतिवेदनको विभिन्न कमी कम्जोरीलाई आगामी दिनमा सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।
नगर परिषदबाट छट्टयाएका योजनाहरु कार्यपालिकाको बैठकबाट थपघट गर्नेगरेको गुनासो गरेका थिए । कार्यक्रममा सहभागिता जनाउँदै वडा नं ७ का देशराज चौधरीले देवचोकदेखिको बाटोमा ठेकेदारले ठूलो ढुंगाको प्रयोग गरी ग्राभेल गरे-को गुनासो गरेका थिए ।
स्थानीय महेश रावलले युवाहरुलाई खेलकुद क्षेत्रमा लगाई लागुऔषधबाट जोगाउनुपर्ने बताउँदै खेलकुद क्षेत्रमा स्थानीय सरकारले आवश्यक लगानी नगरेको बताए ।
नेपाल समाजवादीका विरेन्द्र साउँदले महालेखा प्रतिवेदनमा भए-को कमी कम्जोरी दोहोर्याउन नहुने, पहुँचका आधारमा विकासका आयोजना वितरण गर्न नहुने, नगर-पालिकाको सटरको समस्या समाधन गर्नुपर्ने, उपमेयर नभएको अवस्थामा अनुगमनलाई प्रभावकारी बनाउनु-पर्नेमा सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी समाज-वादी टीकापुर नगर कमिटिका अध्यक्ष रंग अधिकारीले सार्वजनिक सुनुवाईमा उठेका गुनासो लागु हुनेपर्ने, पैसा तिरेर योजना पास गर्ने परिपाटिलाई सतप्रतिशत हटाउनुपर्ने बताए ।
उनले सिकलसेलका लागि छट्टयाएको रकम कहाँ के कसरी खर्च हुने स्पष्ट नभएको, सेटिङका भरमा सुचनामा हुने खर्च, भ्रमण भत्ता आदिमा नियन्त्रण गर्नुपर्नेमा र नगर पालिकाको डल्लो बजेटको व्यवस्था हटाउनुपर्ने बताए समेत बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले देशको मुल व्यवस्थाले राम्रो काम नगरेको बताउँदै नगर-पालिकाले नगर र वडाको गुरुयोजना बनाई काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र विष्टले योजनालाई आवधिक तत्काल, मध्यम र दिर्घकालिन गरी छट्टयाउनु-पर्नेमा जोड दिए । उनले कृषिमा ठाउँ अनुसारको बाली लगाउने योजना बनाउनुपर्ने र गत वर्ष २ करोड सिप विकासमा लगानी भएतापनि त्यसको उपलब्धीबारे कुनै लेखाजोखा नभएको समेत बताएका छन् ।
एमालेका प्रकाश खडकाले राजस्वका आधारमा आयोजना वितरण हुनुपर्ने बताउँदै नगरपालिकामा अत्याधिक विकृति रहेको बताए । स्थानीय सरकार सुशासन विज्ञ एवम् उपप्राध्यापक मिन बहादुर शाहीले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने, राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने, नगरको वार्षिक कार्यक्रमको बुलेटिन प्रकाशित गर्नुपर्ने र सामाजिक परिक्षणलाई जारी राख्नुपर्ने बताएका छन् ।
नागरिक समाज टीकापुरका संयोजक भिमराम चपाईले टीकापुर-मा उज्यालो कार्यक्रम ल्याएर राम्रो काम गरेको बताउँदै यस वर्ष शाखागत मुल्यांकन गरेको, रातो किताब ल्याउनुपर्ने, सार्वजनिक सुनुवाई वर्षमा दुई पटक गर्नुपर्ने र टीकापुर नगर-पालिकाको वडा नंं. १ लाई कुनै निश्चित ठाउँमा व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा शिक्षा सम्बन्धि उठेको प्रश्नको जवाफ दिंदै शिक्षा शाखा प्रमुख नरेश अवस्थीले सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीका अभिभावकले बालबालिकाको वास्ता नगरेको बताए ।
वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बैदी जाने कुलो निर्माणको काम भइरहेको बताउँदै छाडा चौपाया व्यवस्थापको लागि सिमा क्षेत्रमा तारबार गरी राख्ने व्यवस्था गर्नका लागि गत वर्ष २ लाख ५० हजार छट्टयाएको बताए ।
वडा नं. ६ का वडाध्यक्ष बलि-राम चौधरीले केन्द्रमा सरकारको समिक्षा हुने बताउँदै स्थानीय स्तर-मा पनि समिक्षा गर्न मिल्ने दावी गरे-का छन् । उनले राजस्व उठेका आधार-मा नभइ समस्याको आधारमा विकास बजेट विनियोजन गर्नुपर्ने बताए ।
वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाले टीकापुरको सबै ठाउँलाई समेटेर लैजानु पर्ने बताए । कार्यक्रममा नवराज जोशीले काम नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइ कारबाही गरिने बताए ।
टीकापुर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत दमनसिंह चौधरी-ले विद्यालयलाई स्वाच्छ राख्ने जिम्मा सबैको रहेको बताए । सामुदायिक विद्यालयमा शिक्षक अनुमतिपत्र अनिवार्य गरेको बताउँदै निजी विद्यालयले पनि अनिवार्य गर्नुपर्नेमा अधिकृत चौधरीले जोड दिएका छन् ।
कार्यक्रमका अध्यक्षता गरेका टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौराले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै कभर्ड हल निर्माणको जिम्मा लिएको ठेकेदार-लाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।
नगर प्रमुख डंगौराले जग्गा धनी पूर्जा निस्सा वडा नं. १ देखि ९ सम्म वितरण भएको भएपनि भूमि आयोग खारेज भएकाले मापन गर्ने कार्य हुन नसकेको बताए । नगरपालिकाको बह्य रिङ्ग रोडलाई प्राथमिकता दिइएको उनले बताए । सत्तीको खेल मैदानलाई स्तरोन्नती गर्ने जानकारी गराउँदै कार्यक्रममा दिइएको सुझावलाई ध्यानमा राख्दै आगामी दिनमा सुधार गर्ने समेत बताएका छन् ।
नगरपालिकाले चालू आर्थिक वर्षको असार २५ गतेसम्म ६ करोड एक लाख ७८ हजार छ सय राजस्व संकलन गरेको छ । संकलित राजस्व मध्य वडा कार्यालयहरुबाट दुई करोड ९४ लाख ११ हजार एक सय ४३ रुपैयाँ रहेको छ । त्यसैगरी सटर भाडाबाट ३१ लाख सात हजार सात सय २५ रुपैयाँ १२ पैसा र बंगला पार्कबाट ६२ लाख ९५ हजार दुई सय २५ रुपैयाँ रहेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा चालू तर्फ ८७.९१ प्रतिशत र पुजीगत तर्फ ५८.५९ प्रतिशत खर्च गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो ।










