शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २४ असार /
टीकापुर र भजनी नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार एक कार्यक्रमको आयोजना गर्दै दुबै नगरपालिकाले पुर्ण खोपको आवश्यक मापदण्ड पूरा गर्दै पुर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रम सप्पन्न भएको हो । टीकापुर नगरपालिकाको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले स्वस्थ्य क्षेत्रको विकासको लागि प्रदेश सरकारले लगातार स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताएका छन् ।
“एउटैले सबै काम गर्न सकिने अवस्था रहँदैन । सबैको हातेमालो भएपछि असम्भव भन्ने केही पनि छैन ।” मन्त्री धामीले भने, “स्वस्थ्य क्षेत्रमा पनि तिनै तहको सरकारको समन्वय र सहकार्य हुन जरुरी छ । त्यसपछि मात्रै हामिले दिगोपना भेटाउन सक्छौं ।”
उनले स्वस्थ्य क्षेत्रमा महिला स्वयंसेविकाको भुमिका निकै महत्त्वपूर्ण रहेको बताउँदै महिला स्वस्थ्य स्वयंसेविको स्वस्थ्य बिमा प्रदेश सरकारले गरिदिने बताएका छन् । कार्यक्रममा पुर्ण खोप सुनिश्चितताका लागि महत्त्वपूर्ण भुमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको छ । उनिहरुलाई पाँच हजार नगद सहित सम्मान गरिएको हो । जसमा धनसिंहपुर स्वस्थ्य चौकीका इन्चार्ज केवसिंह भुल सहित ६ जनालाई सम्मान गरिएको हो ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर उपप्रमुख खडक बहादुर शाले गरेका थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट धर्म बिष्ट, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कमल रावलले गरेका थिए ।
त्यसैगरी भजनी नगरपालिकाको पुर्ण खोप सुनिश्चितता कार्यक्रममा भजनीमा पुर्ण खोप सुनिश्चितता कार्यक्रम नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम नगर उपप्रमुख राजु तिरुवा, जिल्ला स्वास्थ्य कार्यालय धनगढी अधिकृत दिपक जोशी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्कर्मी, महिला स्वयम सेविका लगाएतको सहभागीता रहेको थियो ।
पूर्ण खोप कार्यक्रमलाई आर्थिक वर्ष २०७८/२०७९ को घरधुरी सर्वेक्षण अनुसार एक हजार २१ बालबालिकालाई खोप लगाई पालिका स्तरीय पूर्ण खोप सुनिश्चत घोषण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्राथामिक स्वास्थ्य केन्द्र भजनीमा २५ शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने बताएका छन् । स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रूचेश साउँदले गरेका थिए ।