टीकापुर विमानस्थल सञ्चालन ल्याइने

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ जेठ /
सरकारले टीकापुरमा विमानस्थल सञ्चालनमा ल्याउने भएको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा टीकापुरमा विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । त्यस्तै डडेल्धुरा विमानस्थल सञ्चालनको प्रक्रिया अगाडी बढाइने बताइएको छ । यसअघि पनि टीकापुर विमानस्थल सञ्चालनका लागि निकै पहल भएका थिए । अहिले पनि नागरिक उड्डयन प्राधिकरणले टीकापुर विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ ।
कुन विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख्य नभएपनी टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेट भाषणमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *