शेयेर गर्नुहोस
टीकापुर १० फागुन/
टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको माध्यामिक विद्यालय स्तरीय टी–१० क्रिकेट प्रतियोगिताको उपाधी घोडाघोडी सामुदायिक विद्यालय सुखडले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णाली माद्यामिक बिधालय टीकापुरलाई ५० रनले पराजित गर्दै घोडाघोडी सामुदायिकले उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको घोडाघोडी सामुदायिक विद्यालयले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । ६७ रनको लक्ष्य पच्छ्याएको कर्णाली माद्यामिक बिधालयले ९ ओभर खेल्दै १६ रन बनाएर अल आउट भएपछि उप विजेतामा सिमीत भएको छ ।
प्रतियोगिताको उपाधी विजेता घोडाघोडी सामुदायिक विद्यालयले ५१ हजार नगद पुरस्कार र ट्रफी जितेको छ भने उपविजता कर्णाली माद्यामिक बिधालय टीकापुरले ३१ हजार नगद पुरस्कार जितेको छ । प्रतियोगिताका म्यान अफ द टुर्नामेन्टलाई पाँच हजार, वेष्ट ब्याट्सम्यान र बलरलाई तीनतीन हजार नगद र प्रमाण प्रदान गरिएको छ । उपविजेता कर्णाली माद्यामिक बिधालय टीकापुरका क्याप्टेन रुपेश परियारले खेलमा हार जित भैरहने भएकाले यो स्वभाविक प्रक्रिया भएको बताउँदै केहि ठाउँमा चुकेका कारण उपविजेतमा चित्त बुझाउनु परेको बताएका छन् ।
फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगितामा कैलाली जिल्ला भरीका १६ ओटा टीमको सहभागिता रहेको थियो। प्रतियोगिताको समापन गर्दै सुदुरपश्चिम विश्व विद्यालय कृषी विज्ञान संकायका डिन डाक्टर विष्णु विलास अधिकारीले यस्ता प्रतियोगिताले खेलाडी विद्यार्थीहरुको मनोवल बढ्ने भएकाले आयोजकलाई धन्यावाद दिए । स्ववियू उपसभापति प्रमोद जैशीले स्वागत गर्नु भएको कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र बहादुर रावल, कर्मचार संगठनका केन्द्रिय उपाध्यक्ष ध्रुवबहादुर रावल लगाएतले मन्तव्य राखेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पस तथा स्कुल अफ एग्रिकल्चरको आयोजनामा भएको प्रतियोगिताका विभिन्न क्षेत्रका संघसंस्थाहरुले सहयोग गरेका थिए । प्रतियोगिताको समापन गर्दै स्ववियू सभापति किरण साउँदले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यावद दिए। टीकापुर बहुमुखी क्याम्पसमा स्ववियुले प्रत्येक वर्ष प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।










