डल्फिन क्षेत्रमा स्तम्भ निर्माणमा गरिने

शेयेर गर्नुहोस


झलनाथ खनाल
भजनी २८ भाद्र/
करिब दुर्इ दशक अगाडी देखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य सुरु गरिएको कैलालीको भजनी नगरपालिका वडा नं.३ दैलेखीटोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ।
डल्फिन संरक्षणको इतिहासलाई सधैं भरी जिवन्त राख्न डल्फिनको प्रतिमा सहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानिय संरक्षणकर्मीहरु जुटेका हुन। संरक्षणको शंखफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रातिमा सहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिनुभएको छ। भजनी नगरपालिका वडा नं.३, वडा नं.८ र टिकापुर नगरपालिका वडा नं.७को पथरिया र काढाँको संगम स्थान भजनी नगरपालिका वडा नं.३ दैलेखीटोलमा डल्फिन स्तम्भ निर्माण गरि संरक्षणको इतिहासलाई वर्णन गर्दै हजारौं संरक्षणकर्मीहरुको उच्च सम्मानकको लागी डल्फिन स्तम्भमा नामावली सुवर्ण अक्षरले लेखीने डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका महसचिव जय प्रसाद ढुंगानाले बताउनु भएको छ।
पर्यटकिय हिसाबले डल्फिन क्षेत्रको प्रचारप्रसार भएपनी संरक्षणको उदगम गाउ ओझेलमा परेको महशुस गरिएको भन्दै महासचिव ढुंगानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रुपमा चिनाउने उद्धेश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बराउनुभएको छ। ” डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएता पनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ।” महासचिव ढुंगानाले भन्नुभयो,” यस्का लागि सरकारी, गैह्र सरकारी संघसंस्थसंग समन्वय गरिने र नभए जनस्तरमाबाटै भएपनी स्तम्भ निर्माण गरिने छ।
डल्फिन स्तम्भ निर्माणका लागी स्थानिय संरक्षणकर्मि नेत्र देउवाको संयोजकत्वमा ११ सदस्सिय समिति गठन गरिएको छ। दुर्इ दशक पहिले देखि डल्फिनको संरक्षण र सम्बर्द्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ ( गुलेलीबाजे) ले त्यस क्षेत्रको नेतृत्व र अगुवाईमा सयौ संरक्षणकर्मीहरु सहभागीता संरक्षणको अभियान सुरु गरिए को थियो। तत्कालिन अवस्था देखि हाल सम्म संरक्षणमा क्रियाशिल संरक्षणकर्मीहरुको इतिहास हराउन सक्ने भन्दै स्वस्फूर्त रुपमा स्तम्भ निर्माणमा संरक्षणकर्मिहरु जुटेका भन्दै संयोजक देउवाले बताउनुभयो।
डल्फिन क्षेत्रको संरक्षण र सम्बर्द्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ। राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिन मैत्री तटबन्धको काम समेत गरिसकेको छ भने डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटकहरु पनि टीकापुर सर्किटबाट बढी आउने गरेका छन। टीकापुर नगरपालिकाले हुलाकी राजमार्ग देखि डल्फिन क्षेत्रसम्म पुग्ने सडक कालोपत्रेको काम पनि सुरु हरिसकेको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *