डल्फिन सप्तहा ब्यापी कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १९ भदौ /
भजनी नगरपालिका वार्ड नम्बर ८र टीकापुर नगरपालिका वार्ड नम्बर ७ को सहयोग,जैविकबिबिधता अनुसन्धान समाजको सहकार्यमा डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलाली द्वारा मिती २०७८ भाद्र ७ गते देखि संचालन गरिएको सप्ताह ब्यापी डल्फिन,जलचर अवलोकन तथा सचेतना अभियान २०७८ आज भजनी नगरपालिका वार्ड नम्बर ८ सोनाफाटामा सम्पन्न भएको छ।

डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वार्ड नम्बर ७ का वार्ड अध्यक्ष राम लाल डगौरा थारु रहनु भएको थियो। विशिष्ट अतिथीमा भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड अध्यक्ष पंकज चौधरी र टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरव रावल हुनुहुन्थियो।
डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीले सप्ताह ब्यापी कार्यक्रम अन्तरगत डल्फिन अवलोकन, डल्फिन संरक्षण सचेतना सम्बन्धि अभिमुखिकरण,प्रचारप्रसार,डल्फिन गणना,चित्रकला कार्यक्रम गरेको थियो।सो सप्ताह ब्यापी कार्यक्रममा करिब ५०० जना स्थानीय र बाह्रय आन्तरिक पर्यटकले डल्फिन अवलोकन गरेको,१००० जना स्थानीय ब्यक्तिहरुलाई प्रत्यक्ष सचेतना जगाउएको,१०० औ बस,अटोहरुमा SAVE DOLHIN KAILALI को स्टिकर टासेको, हजारौं डल्फिन सम्बन्धि जानकारी मुलुक पर्चा बितरण गरेको,डल्फिन गणना गरेको र चित्रकला कार्यक्रम गरेको संस्थाका अध्यक्ष भोज राज ढुङ्गाना जानकारी दिनु भयो साथै डल्फिन गणनाको प्रारभिक तथ्यांक अनुसार ६५ देखि ७० वटा डल्फिन देखिएको अध्यक्ष ढुङ्गाना बताउनु भयो।

उक्त समापन कार्यक्रममा सब डिभिजन बन कार्यलय भजनीका सहायक बन अधिकृत दिलिप कुमार यादव,स्थानीय संरक्षणकर्मी प्रकाश साउद र ओम प्रकास पाण्डेले मन्तव्य गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष कृष्णलाल धमालाले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन महासचिव जय प्रसाद ढुङ्गाना गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *