तलबभत्ता वृद्धि गर्न शिक्षकको माग

शेयेर गर्नुहोस


टीकापुर २८ साउन/
नगर शिक्षकको कार्यालय सहयोगीको भन्दा कम तलब
टीकापुर नगरपालिकामा कार्यरत नगर अनुदान शिक्षकको तलब निकै कम भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
बालविकास तथा बिधालय कर्मचारीको भन्दा कम तलबभत्तामा प्राथमिक तहका शिक्षकहरुले काम गरिरहनु परेको भन्दै नगरपालिकाले उचित तलबभत्ताको व्यवस्था गर्नुपर्ने माह सहित ध्यानाकर्षण गराएका हुन । शिक्षक महासंघको अगुवाईमा काठ्‌माण्डौंमा भएको २९ दिने लामो आन्दोलन पश्चात स्थायी, विद्यालय कर्मचारी, बालविकास शिक्षिकाको नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा तलबभत्ता वृद्धि र मह‌ङ्गी नत्ता मार्फत समेटेको बताउँदै आफुहरुले अहिले पनि न्युन पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल सरकारले यहीँ अर्थिक वर्ष देखि लागु हुने गरी बाल बिकास सहजकर्ता र कार्यालय सहयोगीहरुको तलबमान बृद्धि गरी १९ हजार पुर्याएको भए पनि नगर अनुदान स्रोतमा कार्यरत शिक्षकहरु अझै सो भन्दा पनि न्युन पारिश्रमिकमा काम गरिरहेको अवगत नगरपालिकालाई गराइएको छ । “संसारका विकासित देशहरुले मानव विकास नै पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गरेको देखिन्छ । नगर अनुदान शिक्षक व्यवस्थापन पनि स्थानिय सरकारको जिम्मेवारी भित्र पर्ने भएकाले जायज मागलाई सम्बोधन गरी नगर अनुदान शिक्षकहरुको जायज माग पुरा गर्न तर्फ ध्यान नदिइ सरकार पन्छिन खोजे सम्पूर्ण पेशागत संघसंगठन एकजुट हुने व्यहोरा जानकारी गराउन चाहान्छौं ।” पत्रमा उल्लेख छ ।
नगर अनुदान शिक्षकले नेपाल सरकारले वृद्धि गरेको मह‌ङ्गी भत्ता उपलब्ध गराउन माग गरेको छन् । त्यसैगरी नगर अनुदान शिक्षकहरुकको सेवा सुविधा नेपाल सरकारले उपलब्ध गरे बमोजिम गर्नुपर्ने माग उनीहरूको छ । शिक्षकहरुले नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र सम्बन्धित सबै वडामा ज्ञापनपत्र बुझाएका छन् भने उक्त विषयमा शिक्षक महासंघ टीकापुर नगर कमिटी लगायत अन्य शिक्षकका संगठनले एक्यवद्धता जनाएका छन् । नगरपालिकाले अहिले प्राथमिक तहमा नियुक्त गरेको शिक्षकलाई १८ हजार र निमाविमा २० हजार मासिक तलबभत्ता उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *