तीन वर्षमा अस्पताललाई साढे तीन करोड सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २३ मंसिर /
सेवक नेपालले टीकापुर अस्पतालमा ३ वर्षमा करिब साढे ३ करोड खर्च गरेको छ । अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान, कोरोना रोकथामका सामाग्री प्रदान, विषेशज्ञ सेवा र तालिम लगाएतका क्षेत्रमा करिब साढे ३ करोड खर्च गरेको सेवक नेपालका टीकापुर शाखाका परियोजना व्यवस्थापक इन्द्रराज जोशीले जानकारी दिनुभएको छ । कोइकाको आर्थिक सहयोगमा रोजक्लव इन्टरनेश्नल र सेवक नेपालद्धारा सञ्चालित सामुदायिक स्वास्थ्य र शिक्षा सुदृढीकणरका लागि पहल परियोजना मार्फत उक्त रकम खर्च गरेको हो ।
सेवक नेपालल बुधबार पनि १७ लाख बराबरको स्वास्थ्य सामाग्री टीकापुर अस्पताललाई हस्तान्तरण गरेको बताएको छ । अस्पताल वाहेक टीकापुर नगरपालिकालाई पनि परियोजनाले ५० लाख बढी सहयोग गरेको बताएको छ । त्यो रकम सहित ३ वर्षको अवधिमा ४ करोड ३ लाख बढी सहयोग गरिएको व्यवस्थापक जोशीले बताउनुभयो ।
। स्वास्थ्य सामाग्री बुझ्दै टीकापुर अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डाक्टर रेम कुमार राइले कोरोना महामारीको समयमा अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको अवस्थामा कोइकाको सहयोगमा स्वास्थ्य सामाग्री पाउँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न सजिलो भएको बताउँदै टीकापुर अस्पतालमा कोइकाको लगानी प्रशंसा योग्य रहेको र अझै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
सामाग्री हस्तान्त्रण कार्यक्रममा सहभागि टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले कोइका, रोजक्लव इन्टरनेश्नल र सेवक नेपालले टीकापुर नगरपालिका र अस्पताललाई स्वास्थ्यका क्षेत्रमा ठूलो सहयोग गरेको बताउँदै यो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले कोइकाले अस्पताललाई दिदै आएको सहयोगको विषयमा संघीय सरकारलाई जानकारी गराउन आवश्यक रहेको बताउँदै त्यसका लागि समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।
कोइकाका प्रतिनिधि पार्क प्वाङ हो ले यो क्षेत्रमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको र आउँदा वर्षहरुमा पनि संगै काम गर्ने चाहना भएको बताउँदै टीकापुर अस्पताललाई सहयोग गर्ने कुरामा आफुहरुको प्रयास निरन्तर जारी रहने बताउनुभएको छ ।
सेवक नेपालका कैलाली जिल्ला अध्यक्ष पवन भण्डारीले कुनै पनि सामाग्री आउँदैमा पुर्ण नहुने बताउँदै त्यसको दिगो व्यवस्थापनमा समस्या आइरहेकाले त्यस विषयमा टीकापुर अस्पतालले सोच्नु पर्ने भन्दै दिइएका सामाग्रीहरु प्रयोगमा ल्याउनु नै सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्त्रणपछि स्थानीय परियोजना सल्लाहकार समितिको बैठक भएको छ । बैठकमा सहभागिहरुले कोइकाको आर्थिक सहयोगमा टीकापुर अस्पताललाई भौतिक पूर्वाधारदेखि स्वास्थ्य सामाग्री सहयोग भएको र त्यसको सदुपयोग गर्नु पर्ने सुझाव दिएका छन् । पहल परियोजना सकिने चरणमा रहेकाले यस परियोजना अन्तर्गत सञ्चालित कामलाई कसरी निरन्तरता दिने भन्ने विषयमा स्थानीय सरकारदेखि अस्पताल व्यवस्थापन समितिले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् ।
बैठकमा सहभागि कोइकाका प्रतिनिधि पार्क प्वाङ हो ले अहिलेको परियोजना सकिए पनि टीकापुर अस्पताललाई आगामी दिनमा २० हजार अमेरीकी डलर बराबरको सहयोग गर्ने, अस्पतालका २ जना कर्मचारीलाई कोरीया लगेर तालिम दिने योजना रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *