शेयेर गर्नुहोस
टीकापुर ०८ चैत /
सिर्जनशिल युवा समाज नेपालको गुडिमुन्टे समुहको आयोजनामा टीकापुरमा सुरु भएको तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी प्रमुख प्रशासकीय अधिकृत साफेबगर अछामको टिमले हात पारेको छ ।
फाइनल खेलमा कञ्चन खाद्य उद्योग टीकापुरलाई हराउँदै प्रतियोगिताको उपाधी प्रमुख प्रशासकीय अधिकृतको टिमले हात पारेको हो । कञ्चन खाद्य उद्योगलाई चार सेटको बराबरीमा अन्तिम सेट जित्दै प्रमुख प्रशासकीय अधिकृतको टिमले प्रतियोगिताको उपाधी जितेको थियो । प्रतिस्पर्धामा गएको फाइनल खेल खेलप्रेमीहरुका लागि निकै उत्साहपुर्ण रहेको थियो । उपाधी विजेता प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद एक लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान हासिल गरेको कञ्चन खाद्य उद्योगले ६० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेक छ ।
साफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले प्रमुख प्रशासकीय अधिकृतको टिमलाई प्रतियोगितामा पठाएका थिए । भलिबल खेलमा निकै रुचि भएका शर्माले टीकापुरमा मात्रै नभई अन्य क्षेत्रमा हुने भलिबल प्रतियोगितामा पनि खेलाडी टिम पुर्याउने गरेका छन् । उनले आफ्नो ब्याक्तिगत लगानिमा खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउँदै आएका हुन । शर्माको टिमबाट सहभागी टिम क्याप्टेन जनक खड्काको टिमले प्रतियोगितामा ह्याटि्रक गरेको छ । उनले नेतृत्व गर्दै आएको टिमले तीन वर्षदेखि प्रथम स्थान हासुल गर्दै ह्याटि्रक गरेका हुन ।
प्रतियोगिताको तृतीय स्थान हासिल गरेको केदार टुर एण्ड ट्राभल्सले ३० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । शान्त्वना हुने एन्जिला पुस्तक पसल साफेबगर अछामले सात हजार नगद र प्रमाणपत्र पाएको छ । चैत ३ गतेबाट सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले भलिबल प्रतियोगिता टीकापुरका लागि ऐतिहासिक प्रतियोगिताको रुपमा चित्रण गरेका छन् । उनले भलिबल प्रतीको स्थानीयको निकै ठूलो उत्साह देखिएको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितामा नगरपालिका सधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“यस्ता राष्ट्रिय खेलकुद प्रतियोगिताले टीकापुर प्रति सकारात्मक सन्देश प्रवाह हुने कुरामा हामी विश्वस्त छौं । टीकापुर बाहिर प्रचारमा भएजस्तो छैन भन्ने कुरा पनि देशभरबाट आएका खेलाडीहरुले लिएर जानेछन् भन्ने आशा पनि छ ।” नगर प्रमुख थारुले भने, “आगामी दिनमा पनि यस्ता प्रतियोगितामा हाम्रो सहयोग र समर्थन रहने छ ।” उनले खेलकुद क्षेत्रको विकासमा यस्ता प्रतियोगिताहरुले टेवा पुर्याउने बताउँदै सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा मात्रै लिएको लक्ष्यलाई प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् । “एउटैले सबै कुरा गर्न सम्भव छैन । हामी एक अर्काको परिपुरक भएर काम गर्नसक्नुपर्छ ।” नगर प्रमुख थारुले भने, “त्यसका लागि हाम्रो सोच सकारात्मक हुनुपर्छ र सहयोग र समन्वय गर्ने भावनाको विकास हुनुपर्छ ।”
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले भलिबल प्रतियोगिता खेलप्रेमीको उत्साहका साथ सम्पन्न गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनले टीकापुरमा भलिबल प्रतियोगितामा एउटा इतिहास कायम गर्न सक्ने प्रतियोगिता भएको बताए । “प्रतियोगिता सबै ठाउँमा हुन्छन् । तर, दर्शक र खेलाडी टिमको अभाव स्थानीय क्षेत्रमा हुँदै आएको अवस्थामा यो प्रतियोगिता सबै दृष्टिकोणले सफल भएको महसुस हामीले गरेका छौं ।” वडा अध्यक्ष विकले भने, “आगामी दिनमा पनि यस्ता प्रतियोगिताको आयोजना हुनेमा हामी आशावादी छौं । त्यसका लागि वडाबाट गर्न सकिने सहयोग सधै रहने छ ।”
खेलकुद प्रतियोगिताका संयोजक नन्दसिंह विकले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि खेलप्रतिको माया, सहयोग र सद्भाव यस्तै हरने विश्वासव्यक्त गरेका छन् । संयोजक विकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत गुडिमुन्टे समुहका संयोजक राजेन्द्र विश्वकर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन सिर्जनशिल युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालले गरेका थिए ।