दुई गाउका युवा बिच खुकुरी हानाहान ५ जना घाइते

शेयेर गर्नुहोस


मान बहादुर ठकुल्ला
टीकापुर २४ साउन
/ कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्राैला स्थित बालुवाटारमा दुई गाउका युवा बिच खुकुरी हानाहान भएकाे छ। टीकापुर नगरपालिका वडा न ६ प्रसेनी गाउका र टीकापुर नपा ७ बैदि माैभेरिटाेलका युवा बिच खुकुरी हाना हाना भएको हाे ।

शनिबार साझ करिब ६ बजे भएकाे खुकुरी हानाहानमा दुबै पक्षका ५ जना घाईते भएकाे इलाका प्रहरीले कार्यालय टीकापुरले जानकारी दिएकाे छ । दुई समूह बिच भएकाे खुकुरी हानाहानमा टीकापुर ६ प्रसेनीका दिनेश साउद, किरण रावल, र सुरज चाैधरी घाइते भएका छन ।भने त्यसै गरि अर्काे समुह टिकापुर ७ बैदि का तपेन्द्र साउद र भुवन साउद पनि घाइते भएका छन ।घाइते ५ जनालाई टीकापुर अस्पताल उपचार भई रहेकाे ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ । घटना स्थलबाट प्रहरिले टिकापुर ६ प्रसेनीका रवन साउद ,लाेकेन्द्र कडायतलाई नियन्त्रण मा लिएकाे छ । पक्राउ परेका अनुसार अाफुहरु दस जनाकाे समुहमा अाएकाे प्रहरीलाई बयान दिएकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी सहायक निरिक्षक भिम बहादुर बिकले जानकारी दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *