शेयेर गर्नुहोस
टीकापुर १५ मंसिर /
कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि स्थीति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिमको निशेधाज्ञा लागु गरेको हो ।
पिपल चौतारा दोवाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटनाबाट मृत्यु भएपछि बिद्यार्थीहरुले लागातार प्रदर्शन गरेकोले प्रशासनले अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निशेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।
पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्र भित्र निशेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि मंसिर १६ गते बेलुका ७ बजेसम्म सो निशेधाज्ञा समया अबधी हुने प्रशासनले जनाएको छ । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने प्रजिअ थापाले बताएका छन् ।
धनगढी ५ पञ्चोदय मा.बि.हसनपुरको कक्षा ८मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिदा बिद्यार्थीको घटना स्थलमा नै मृत्यु भएको थियो । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड पिच काम भैरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बहीबार बिहान डोजरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले बिद्यार्थीहरुले धनगढीमा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बिद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक र धनगढीको मेन सडक पनि अवरुद्ध पारेका छन् । हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै गरेको ग्रेडरले साईकलमा सवार बिद्यार्थीलाई ठक्कर दिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।