धान मासेर कार्यक्रम गरिएको छैन : अध्यक्ष साउद

शेयेर गर्नुहोस


समाधान समाचार
अछाम ०८ भाद्र/
धानखेत मासेर कार्यक्रम गरेको भनेर केहि मिडिया र सामाजिक संजालमा टिप्पणी गरेको भन्दै रामारोशन गाउपालिकाले आपत्ती जनाएको छ ।
यहि भदौ २ गतेको विनासकारी बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ को सैनिबजार लगायत सम्पुर्ण कैलास तटिय क्षेत्रमा भएको जनधनको क्षतिको निरिक्षण तथा सो अकल्पनिय विनासकारी वाढीबाट भएक्क क्षतिको निरिक्षण सहित राहत हस्तान्तरण गर्ने उद्देश्यले गृहमन्त्री राम बहादुर थापा, पुर्व उपप्रधान, गृहमन्त्रि तथा प्रतिनिधि सभा सदस्य भीम रावल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, तारामान स्वार लगायतको टोलीको सामाजिक सञ्जाल तथा केहि मिडियामा भएको दुष्प्रचारका विषयमा गाउपालिकाले प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
मिडियाहरुले देखाउने गरेको फोटामा भएको धान कार्यक्रमका लागि भाचिएको धान नभएको र बाढीले बालुवा सहित बगाएर भाचिएको धान भएको, त्यही स्थानमा नै कार्यक्रम गर्ने भन्ने कुरा स्थानीय बासिन्दा, स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार भएको र उक्त खेतको मालिक पठान सिंह साउँद भएको तथा धानको खेत फडानी गरेर कार्यक्रम गर्नुहुदैन भन्ने ज्ञान स्थानीय सरकारलाई समेत भएको गाउपालिका अध्यक्ष झँकर बहादुर साउदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
कार्यक्रम गरिएको स्थान रामारोशन गाउँपालिका ५ सैनीबजार भएको र उक्त क्षेत्र बाढीले सवै भन्दा बढी जनधनको क्षति गरेको स्थान भएको, उक्त क्षेत्रमा मात्रै १७ जना मानिस लगायत सिंगो बजार र कैलास तटिय खेतियोग्य जमिन बगाएको स्थान भएकोले उक्त क्षेत्रको स्थलगत अवलोकन पश्चात पिडितहरुसंग दुई चार शान्तवनाका शब्दहरु राखिनु उचित हुने भएकोले वाढीले बगाएको क्षेत्रमा अनौपचारिक रुपमा मन्त्रिहरुले कुरा राख्ने काम भएको गाउपालिका अध्यक्ष साउदले बताए ।

वाढी र पहिरोले तहस नहस भएको रामारोशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएपछि नेपाल सरकार र रामारोशन गाउँपालिकाको सु सम्बन्धमा दरार पैदा गराउने नियतले रामारोशन विरोधी तत्वले फैलाएको अफवाहमा विश्वास नगर्न आम नेपाली जनसमुदायमा अध्यक्ष साउदले अपिल समेत गर्नु गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *