नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

शेयेर गर्नुहोस


टीकापुर २८ चैत /
टीकापुर नगरपालिकाले करिब डेढ वर्षपछि प्रशासन तर्फको उपसचिव सरहको प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रविन्द्रप्रसाद चौधरीले नगरपालिकाको प्रशासनिक कामकाज सुरु गरेका छन् । उनले बुधबारबाट कामकाज सुरु गरेका हुन । टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले चौधरीलाई स्वागत गरेका छन । नगरप्रमुख थारुले चौधरीलाई स्वागत गर्दै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।
नेपाल सरकारको उपसचिव रहेका चौधरी यसअघि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । सामान्य प्रशासन मन्त्रालयले हालै चौधरीलाई सरुवा गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका दमन चौधरीले स्वेच्छिक राजिनामा दिएका छन । उनले चैत २१ गते राजिनामा दिएको टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत देवी आचार्यले जानकारी दिएका छन । चौधरीले विगत डेढ वर्षदेखी पटकपटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *