नगरपालिकालाई ज्ञापनपत्र

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०५ असोज /
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले भजनी नगरपालिलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को बैठकले गरेको निर्णय अनुसार भजनी नगरपालिलाई विभिन्न माग राख्दै ज्ञापन पत्र हो । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) भजनी नगर संयोजक सीता देवीचौधरी, चन्द्रकला विक र भजनी सह इन्चार्ज कमला ज्ञवालि र पुष्पा चौधरी सहितको टिमले भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्म राज बिनाडीलाई ज्ञापन पत्र बुझाएका हुन् । स्वास्थ्य संस्था,शिक्षण संस्था, विद्यालय,विश्वविद्यालयको वरपर निश्चित दुरी सम्म धु्रमपान,मद्यपान,जुवा तास निषेधित क्षेत्र घोषणा गर्नु पर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीहरूलाई आराम कक्ष, शौचालयको व्यवस्था, स्यानी टरी प्याडको सहज व्यवस्था,पालिका भित्रका हरेक माध्यमिक विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्था गर्नु पर्ने अनेमस (क्रान्तिकारी) को माग रहेको छ ।
यस्तै,आमाको नाम बाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गर्नु पर्ने, छोरा सहर छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था,लैङ्गिक उत्तरदायित्व बजेट १० प्रतिशत व्यवस्था गरी जनचेतना तालिम, सिप सिकाई आदिमा प्रयोग,महिला हिंसा मुक्त पालिका घोषण गरियोस्, स्थानीय तहमा अल्पकालिन सुरक्षित गृहको व्यवस्था, छोरीको लागी जन्मेपछि खाताको व्यवस्था र माध्यमिक शिक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने माग अघि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *