शेयेर गर्नुहोस
भजनी २१ माघ /
नेकपा माओवादी केन्द्र निकट वाइसीएल नगर कमिटी र नेपाली काँग्रेस निकट तरुणदल नगर समितिले भजनी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नगरपालिकाले सार्वजनिक विदाको दिनमा पनि सरकारी नम्बर प्लेटको सवारीसाधन जथाभावी सञ्चालन हुँदै आएकोमा आपत्ति जनाउँदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि नगरपालिकाको गाडी सार्वजनिक बिदाको दिन सञ्चालन गरेको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।
वाइसीएल नेपाल भजनी नगर कमिटी अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले नगरपालिकाले पटकपटक सार्वजनिक बिदाको दिनमा सरकारी नम्बर प्लेटको सवारीसाधन चलाउँदै आएको भन्दै आगामी दिनमा त्यसो देखिएमा कारबाहीको लागि सिफारिस गर्ने बताएका छन् । उनले कार्यालय समय भन्दा पछिको समयमा पनि सरकारी सवारीसाधन सञ्चालन नगर्न तरुण दलका नगर सभापति गोविन्द कडायतले बताएका छन् । वाइसीएल अध्यक्ष जैशीले आगामी दिनमा कानुनले बर्जित गरेको काम नगर्न आग्रह गर्दै जैशीले नगर उपप्रमुख राजु तिरुवा मार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् ।