नगर प्रमुखलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस


टीकापुर ३० साउन /
विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० ऐन संशोधन मा समावेश गरिएका प्रावधानको विरोधमा निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन तथा एनप्याब्सनले बिहीवार टीकापुर नगरपालिका सहित देशभरका पालिकामा ज्ञापनपत्र बुझाएको छ ।
  सरकारले लगानी असुरक्षित हुने खालका प्रावधान राखेर निजी क्षेत्रको उत्साह घटाउने कार्य गरेको भन्दै प्याब्सन तथा एनप्याब्सनले बिहीबारबाट चरणवद्ध आन्दोलनको सुरुवात गरेसँगै पहिलो चरणमा पालिकामा ज्ञापन पत्र बुझाउने तालीका अनुसार नै टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारुलाई ज्ञापन पत्र बुझाइएको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए । 
  संयुक्त ज्ञापनपत्रमा निजी विद्यालयहरूलाई क्रमश गैर नाफामुलक बनाइने, पूर्ण छात्रवृति भन्ने शब्द विधेयक प्रावधानबाट हटाउनु पर्ने माग राखिएको छ भने, विधेयकमा १५ प्रतिशत छात्रवृति दिने प्रावधानलाई प्रचलित १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था यथावत् राख्नुपर्ने र छात्रवृत्तिबाहेकको भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क कायम रहनुपर्ने माग रहेको छ । 
  निजी लगानीका विद्यालयको स्थापना र सञ्चालन सम्बन्धमा निजी लगानीका विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालन हुने, सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न सक्ने र त्यस्तो विद्यालय शैक्षिक गुठीमा स्थापना हुनु पर्ने, कम्पनी कानून वमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भए पछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने, निजी शैक्षिक गुठी सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुन सक्ने, सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुँदा छुट सुविधा दिन सकिने व्यवस्था शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० विधेयकमा छ ।
यसो हुँदा धेरै लगानी असुरक्षित हुने र संविधानले प्रत्याभूत गरेकोे व्यक्तिको पेशा, व्यवसाय र लगानी सुरक्षाको अधिकारको  प्रतिकूल हुने बुझाई प्याब्सन तथा एन प्याब्सनको रहेको छ । प्याब्सन तथा एनप्याब्सन ले विद्यालय शिक्षा विधेयकका आपत्तिजनक प्रावधान सच्याइएन भने थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
त्यसैगरी भजनी नगरपालिकामा पनि ज्ञापनपत्र बुझाइएको छ । भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीलाई भजनी नगरपालिका भित्र निजि रुपमा बिधालय सञ्चालन गर्दै आएका बिधालय सञ्चालक तथा प्रधानाध्यापकले ज्ञापनपत्र बुझाएका हुन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *