नगर प्रमुख चौधरी द्वारा पदभार ग्रहण

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी ०९ जेठ /
कैलाली भजनी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख केवल चौधरीले आज पदभार ग्रहण गरेका छन ।
सोमबार कैलाली जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ खाएपछी नगरपालिकामा पुगेका चौधरीले पदभार ग्रहण गरेका हुन । उनले २०७२ सालको टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिनका लागि पहल गर्ने, भजनी नगरपालिका वडा नं. १ मा रहेको भजनी प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ सैयाको अस्पतालको रुपमा विकास गर्ने, एकीकृत सम्पत्ति (मालपोत) तथा विभिन्न सिफारिस दस्तुरमा परिमार्जन गरि सहुलियत बनाइने निर्णय गरिएको बताइएको छ ।
नगर प्रमुख चौधरीले नगर उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई समेत पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *