नव निर्मित भवन हस्तान्तरण

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ३० भाद्र
/ वल्र्डभिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाजद्वारा निर्माण गरिएको विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।
भजनी नगरपालिका वडा नं. ५ कुटीमा रहेको कर्मेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको दुई कोठे भवन भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो । २३ लाख ८१ हजार ८ सय २२ रुपैयाँ ६० पैसा लागतमा निर्माण भएको उक्त भवनलाई ग्रहण गर्दै नगर प्रमुख चौधरीले विद्यालयमा प्राविधिक शिक्षा थप भएका कारण भवन अभाव रहेको अवस्थामा भवन निर्माण गरी सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिएका छन् ।
त्यस्तै टीकापुर नगरपालिका वडा नं. ९ मा समेत भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । टीकापुर नगरपालिका वडा नं. ९ मै रहेको श्री सेतीमैयाँ माध्यमिक विद्यालय झुङ्गालाई दुई कोठे भवन हस्तान्तरण भएको हो ।
विद्यालय ग्रहण गर्दै टीकापुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष लौटन चौधरीले सहयोगी संस्थाले अरु विद्यालयभन्दा यस विद्यालयलाई धेरैभन्दा धेरै सहयोग गरेको र विद्यार्थीहरुलाई पठन-पाठन गर्न सहयोग पुग्ने भन्दै सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । उनले विद्यालयलाई भौतिक संरचनाको कमी भएका कारण शैक्षिक गुणस्तर प्रदान गर्न यस भवन सार्थक हुने बताएका छन् । विद्यालयलाई भौतिक संरचना पर्याप्त भएमा शैक्षिक गुणस्तरतर्फ पनि विद्यालयले ध्यान दिनुपर्ने भएका छन् ।
उनले विगतका दिनहरुमा पनि विद्यालयलाई खानेपानीको धारा, शौचालय, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग सहितका थुप्रै सहयोगहरु गर्दै आइरहेको र आगामी दिनमा पनि विद्यालयलाई चाहिने आवश्यक सहयोग गरिदिन अनुरोध गर्दै आफ्नो वडाका तर्फबाट पनि विद्यालयलाई सहयोग गर्ने गर्ने प्रतिबद्धता
जनाएका छन् ।
सोही कार्यक्रममा श्री कणर्ाली माध्यमिक विद्यालय सत्तीमा बालमैत्री तथा अपाङ्गमैत्री शौचालय समेत हस्तान्तरण गरिएको छ । वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा टीकापुर नगरपालिकाको सहकार्य र सामाजिक विकासका लागि सचेत समाज धनगढीद्वारा उक्त भौतिक संरचना सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरी, वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *