निर्वाचनमा होमियो देश : क्षेत्र नं. १ बाट १९ जनाको उम्मेदवारी

शेयेर गर्नुहोस


टीकापुर ०७ माघ /
फागुन २१ गतेका लागि आव्हान भएको प्रतिनिधि सभाको निर्वाचनमा देश होमिएको छ ।
२०८४ सालमा हुनुपर्ने निर्वाचन भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उब्जाएको परिस्थितिलाई मध्यनजर गर्दै २०८२ फागुन २१ गते आह्वान भएको निर्वाचनमा देश होमिएको हो । मंगलबार रहेका एक सय ६५ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन् । कैलाली क्षेत्र नं. १ मा चारजना स्वतन्त्र सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ बाट जनकराज चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । पुर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका चौधरी पार्टीको प्रदेश उपसभापति समेत हुन । यसअघि पुर्व स्वास्थ्य मन्त्री समेत रहेका पार्टीका केन्द्रिय सदस्य रामजनम चौधरी र डा रणबहादुर रावलको नाम चर्चामा रहेको थियो ।
त्यसैगरी नेकपा एमालेबाट द्वारिका प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ता सहित तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन । २०७९ को प्रदेशको निर्वाचनमा कैलाली क्षेत्र नं. १ प्रदेश (ख) बाट चुनाव लडेका न्यौपाने यसपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । प्रदेशको निर्वाचनमा उनी पराजित भएका थिए ।
उता नेपाली कम्युनिस्ट पार्टीबाट टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मात्रै नगर प्रमुखबाट राजिनामा दिएका थारुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टीकापुर नगरपालिका वडा नं.७ को वडा अध्यक्षमा निर्वाचित भएका उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका प्रदिप कुमार चौधरीले उज्यालो नेपाल पार्टीबाट कैलाली क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । श्रम संस्कृति पार्टीबाट विमल कुमार डगौराले उम्मेदवारी दर्ता गराएका छन् । उता प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनकराज शाहको उम्मेदवारी दर्ता भएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र कुँवरको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल मजदुर किसान पार्टीबाट सुनिता भण्डाराले उम्मेदवारी दर्ता गराएकी छन् । आम जनता पार्टीबाट रुपा कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।
 नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । चौधरी यसअघि यसै क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनकी श्रीमती रञ्जिता श्रेष्ठले रेशमको संरक्षणमा गठन गरेको नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेकी थिइन् । तर पछिल्लो राजनीतिक परिवर्तनका क्रममा रेशमले पार्टी पुनः गठन गरेका छन् भने रञ्जिताले नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकीकरण गरेकी छन् । त्यसैगरी जनमत पार्टीबाट भगतराम डगौरा थारु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रामबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
छ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पनि बताइएको छ । जसमा सत्यनारायण भट्टराई, राजेन्द्र बहादुर शाही, तपेन्द्र शाह र फागुराम थारु, नरेश रावल र अरुण ठकुल्ला रहेका छन् । कैलाली क्षेत्र नं. १ मा एक लाख ८ हजार चार सय ९१ मतदाता रहेका छन् । ४५ मतदान स्थल रहेको क्षेत्रमा एक सय २६ मतदान केन्द्ररहेका छन् ।
कैलाली क्षेत्र नं. २ मा नेशनल रिपब्लिक नेपाल दल बहादुर बुचामगर, नेपाल मजदुर किसान पार्टी लक्ष्मी पुन मगर, प्रगतिशील लोकतान्त्रिक पार्टी डम्बरबहादुर रावल, राष्ट्रिय स्वतन्त्र पार्टी के पी खनाल, नेपाल मनवतावादी पार्टी करबीरे कडाँरा, नागरिक उन्मुक्ति पार्टी नेपाल पतिराम चाैधरी, नेपाल कम्युनिस्ट पार्टी नन्द बहादुर साउँद, स्वतन्त्र दिपक रावल, स्वतन्त्र राजेश मयाल वि.क. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवाद लेनिनवाद), राष्ट्रिय प्रजातन्त्र पार्टी भरत सिंह वि.सि.(बुढाक्षेत्री), आम जनता पार्टी खगेन्द्र बहादुर रावल, मितेरी पार्टी नेपाल सम्झना विष्ट थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दिन बहादुर साउँद, नेपाली कांग्रेस विजय बहादुर स्वाँर, स्वतन्त्र मोहन सिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका नर नारायण शाह मनु, नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले र एमाले बाट यज्ञराज ढुङगानाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पाटी बाट आन्नद चन्दले उम्मेद्वारी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *