निशुल्क अल्ट्रासाउन्ड सेवा दिदै नगरपालिका

शेयेर गर्नुहोस


झलनाथ खनाल,
भजनी ०३ माघ /
कैलालीको टीकापुर नगरपालिकाले ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिला र बच्चाको स्वास्थ्यको मध्यनजर गर्दै निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएपछि गर्भवती महिलाहरु स्वास्थ्य केन्द्रमा नियमित चेकजाँचको लागि आएपनी अल्ट्रासाउन्ड सेवा सबै स्वास्थ्य केन्द्रमा नभईसकेको अबस्थामा नगरपालिकाले अभियानको रुपमा नौ वटै वडामा रहेका स्वास्थ्य केन्द्र वा शहरी स्वास्थ्य केन्द्रबाट सेवा सुचारु गरेको हो । अहिलेसम्म गर्भवती महिलाले अल्ट्रासाउन्ड सेवाको लागि टीकापुर अस्पतालमै आउनु पर्ने बाध्यता हटेको छ । अस्पतालमा पनि अल्ट्रासाउन्ड गरेको न्युनतम शुल्क लाग्ने गरेको छ । तर नगरपालिकाले निशुल्क गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने भएपछी आमाहरु खुसी भएका छन ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले महिला गर्भवती भएको तीन महिनामा र नौ महिनामा महिलाको निशुल्क अल्ट्रासाउन्ड गरिने गरि ब्यबस्था मिलाइएको बताउनुभएको छ । ” प्रत्येक वडामा महिनाको एक पटक हामिले गर्भवती महिलाको लागि निशुल्क अल्ट्रासाउन्ड सेवा दिने गरी ब्यबस्था मिलाएका छौ ।” स्वास्थ्य शाखा प्रमुख रावलले भन्नुभयो, ” एक जना महिला विशेषज्ञ पनि राखेका छौ । यस्ले महिला र बच्चाको अबस्थाको बारेमा समयमै जानकारी भएर सुरक्षीत हुनेछन ।
नगरपालिकाको वडा नं.८ को धनसिंहपुर स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाको लागि निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको स्वास्थ्य केन्द्रका इन्चार्ज यमबहादुर शाहले बताउनुभएको छ । ” अहिले सम्म कुनै पनि स्थानीय तहले यो सेवा अभियानको रुपमा संचालन गर्न सकेका छैनन ।” इन्चार्ज शाहले भन्नुभयो, ” स्वास्थ्य क्षेत्रमा नगरपालिकाको प्रयासले नागरिकहरुमा सहजता महसुस गरेका छन ।” नगरपालिकाले वडा नं.१ बाहेकका आठ वटै वडामा माघ नौ गते सम्म अभियान संचालन गर्ने जनाइएको छ । वडानं.१ मा टीकापुर अस्पताल रहेको र नगरपालिकाको छुट्टै स्वास्थ्य केन्द्र नभएको कारण समस्या भएको बताइएको छ ।
नगरपालिकामा अहिले करिब १ हजार ९ सय भन्दा बढी महिला गर्भवती अबस्थामा रहेको तथ्यांक नगरपालिकासंग भएको स्वास्थ्य शाखा प्रमुख रावल बताउनुहुन्छ ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *