नेकपा भजनीले गर्यो संसद बिगठनको बिरोध

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी ०८ पौष
/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भजनी नगर कमिटीले संघीय संसद बिगठको बिरोधमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
असंवैधानिक कु को विरोध गरौँ, प्रतिगामी कदम मान्दैनौँ , संसद् विघटनको सिफारिस खारेज गर्नु पर्ने पार्टी एकतालाई मुर्तरुप दिनुपर्ने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अक्कल रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै कलङ्कित काम गरेको बताउदै ओलीले संविधान माथि नै कु गरेको भन्दै सर्वोच्च अदालतमा जनमतको कदर गर्ने जिकिर गरेका छन ।कार्यक्रममा संविधान सभा सदस्य हरि श्रीपाइली, भजनी नगर इन्चार्ज विमल जोशी, जिल्ला कमिटी सदस्य लोकेन्द्र शाही, खडक रावत, दीर्घ जोशी, शेर बहादुर चौधरी लगायतले मन्तव्य राखेका थिए । नगर अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदिप मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *