शेयेर गर्नुहोस
टीकापुर ०३ असार /
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति कैलालीको वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
टीकापुरमा भएको जिल्ला समन्वय समिती कैलालीको वार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिथि समितिका केन्द्रिय उपाध्यक्ष दिलबहादुर विष्टले सुदुरपश्चिममा ९ वटा इकाई समिति रहेको बताउँदै त्यसमा ४ वटा इकाई समिति मात्र सक्रिय रहेको बताएका छन् । उनले संस्था कुनै एक व्यक्तिको मात्र नभई संस्थाका सम्पुर्ण सदस्यहरुको हुने बताउँदै त्यसको संरक्षणको जिम्मा पनि सम्पुर्णको रहेको बताएका छन् । कार्यक्रममा विष्टले कानुन व्यवसायी सान्दर्भिक व्यवसायी भएकोले व्यवसायीमा काम गर्दा इमानदार र मर्यादित भएर काम गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा पुर्व केन्द्रिय उपाध्यक्ष जयराज जोशीले संगठन विना कुनै पनि संघसंस्था नचल्ने बताउँदै संगठनमा संगठित भएर काम गर्दा त्यसले पुर्णतया सफलता हासिल गर्ने बताएका छन् । उनले संगठनमा बसिसके पछि संगठनमा रहेको विधानको पुर्णतया पालना गर्न जरुरी रहेको समेत बताएका छन् ।
साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । ११ सदस्यीय कार्यसमितिमा अध्यक्ष हिरालाल गजुरेल, उपाध्यक्ष धनबहादुर बुढाक्षेत्री, सचिव तेजराज पनेरु, सहसचिव असोक कुमार खत्री र कोषाध्यक्ष नरेश भट्ट लगाएत ६ जना सदस्य रहेको छन् ।
जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद खनालको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत इकाई कमिटी टीकापुर अध्यक्ष शत्यराज शर्माले गरेका थिए भने सञ्चालन जिल्ला सदस्य देवान्द ओझाले गरेका थिए ।