नेविसंघद्वारा खुला मैदानको सरसफाइ

शेयेर गर्नुहोस


टीकापुर १३ फागुन /
नेपाल विद्यार्थी संघ टीकापुर नगर इकाई कमिटीको आयोजनामा टीकापुर स्थित खुला मैदानको सरसफाइ गरिएको छ ।
विभिन्न खेलकुदका कार्यक्रम देखी अन्य साँस्कृतिक कार्यक्रमहरु मेला महोत्सव सञ्चालन हुने ठाउँको सौन्दर्यता कुरुप देखिएको सरसफाइ गरिएको टीकापुर नगर इकाई कमिटी सभापति महेश परिवारले जानकारी दिएका छन । सुन्दर, सफा टीकापुर नगरपालिका भन्ने नारा भए पनि यसमा नगरपालिकाले खास्सै चासो नदिएको बताउँदै उनले मेला महोत्सव‌ तथा अन्य गतिविधि सञ्चालन गर्नेहरुले पनि यसमा ध्यान दिनुपर्ने बताएका छन् ।
सरसफाई कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मानष बिष्ट, टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृप जंग थापा , विरेन्द्र क्याम्पसका स्ववियु सभापति नविन अधिकारी, टीकापुर बहुमुखी क्याम्पस इकाई कमिटी सभापति किरण साँउद लगायत स्ववियु सदस्यहरु र नेपाल विद्यार्थी संघ प्रति आस्थावान नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *