न्युलाइटको ३१ औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर ०८ फागुन /
न्युलाइट एजुकेसन होमको ३१ औं वार्षिकोत्सब कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम विश्वविद्यालय कृषि तथा बिज्ञान संकायका डिन लालप्रसाद अमागाईले शिक्षा विनाको जीवन निकै कष्टकर हुने बताउँदै अबको शिक्षा प्रयोगात्मक हुन आवश्यक रहेको बताएका छन् । उनले शिक्षालाई व्यावसायिक बनाउन निकै आवश्यक रहेको बताउँदै परिवेश सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल, गणेश बाबा इङलिस बोर्डिङ स्कुलका प्रीन्सिपल भुवनेश्वर पन्त लगायतको सहभागिता रहेको थियो । बिधालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
बिधालयले आयोजना गर्दै आएको भ्वाइस अफ न्यु लाइट सिजन ११ को उपाधी जिविका बोहराले जितेकी छन् । त्यस्तै भ्वाइस अफ न्युलाइटको दोस्रो स्थान लक्ष्मण विष्टले हात पारेभने तृतीय प्रगति ककेसी भएकी छन् । भ्वाइस अफ न्युलाइट सिजन ११ को फाइनलका लागि पाँच जनाको सहभागीता रहेको थियो । त्यस्तै न्युलाइट डान्सिङ सुपरस्टार सिजन ६ को उपाधी सुवास चपाईले जितेका छन् । प्रतियोगिताको दोस्रो सुहाना रावल भएकी छन् भने तृतीय रक्षा रानाभाट भएकी छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *