पशुपतिनाथ आधारभूत विद्यालयको सामाजिक परिक्षण तथा अभिभावक भेला सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २४ असोज /
टीकापुर नगरपालिका वडा न. ३ शंकरपुर स्थित पशुपतिनाथ आधारभूत विद्यालयको आर्थिक वर्ष २०७९/०८० को सामाजिक परिक्षण तथा अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रममा सामाजिक परिक्षण प्रतिवेदन शिक्षिका मिना जिसीले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेलन अनुसार विद्यालय २१४ दिन खुलेको छ भने १६६ दिन विद्यालयमा खुद पढाई भएको छ । गत आर्थिक वर्षमा विद्यालयमा २६ लाख ८३ हजार ५सय ५० रुपैया बराबरको आय व्याय प्रस्तुत गरिएको थियो । विद्यालयले विद्यार्थिको अन्तरनिहीत क्षमतालाई प्रस्पुटन गर्न विभिन्न कार्यक्रम संचालन गरेको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण बस्यालको अध्यक्ष्ँतमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न. ३ का वडा अध्यक्ष ऋषि विक प्रमुख अतिथि रहनु भएको थियो भने शिक्षा,यूवा तथा खेलकुद शाखाका प्राविधिक सहायक विना पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले विद्यालयमा सिकाई उपलब्धी कम देखिएकाले यसको कारण खोजी सिकाई उपलब्धी बढाउन पहल गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले विद्यालय सडकसंगै जाडिएकाले समय समयमा विद्यालयमा आई बालबालिकको अवस्था बुझ्न पनि अभिभावकलाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि शिक्षा,यूवा तथा खेलकुद शाखाका प्राविधिक साहायक विना पौडेलले छोराछोरीक भनेका हाम्रा सम्पत्ति हुन । बालबालिकामा गरेको लगानीको प्रतिफल आउन धेरै समय लाग्ने भएकाले हामीले छोराछोरीलाई समय दिन पर्ने उनिहरुलाई पढाईमा सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले विद्यालय भनेको सबैको सहयोगले राम्रो हुने विद्यालयको गुणस्तर कायम गर्न विद्यार्थि, अभिभावक र शिक्षक सबैको उत्तिकै भूमिका रहने भएकाले यसप्रति सबैले चासो दिनु पर्ने बताउनुभयो ।
कर्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक केशरा जिसीले अभिभावकले विद्यार्थिलाई नियमित विद्यालय पठाउन र समय समयमा आएर विद्यालयको अनुगमन गरिदिन र विद्यादयलाई सुझाव दिन आग्रह गर्नु भयो ।
कर्यक्रममा सामाजिक परिक्षण प्राविधीक उपसमिति संयोजक गयालाल अधिकारी लगायतले बोल्नु भएको थियो । शिक्षक पुणर् विकको स्वागतसंगै शुरु भएको कार्यक्रम संचालन भिम विकले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *