पाँच वर्षमा गरेका उपलब्धि सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर १७ कार्तिक /
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले आफ्नो पहिलो पाँच वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका
छन् ।
दोस्रोपटक सुदुरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेका रावलले कैलाली क्षेत्र नं. १ को प्रदेश “ख” मा गरेका कामहरूको विवरण सार्वजनिक गरेका हुन । उनले टीकापुर नगरपालिकामा मात्रै थुप्रै कामहरू गरेको बताउँदै अझै धेरै अपुरा कामहरु सम्पन्न गर्न र केही महत्त्वपूर्ण कामहरुको थालनी गर्न आवश्यक रहेकोले दोस्रोपटक उम्मेदवारी दिएको बताएका छन् । उनले टीकापुर नगरपालिका वडा नं. १ मा मात्रै ६५ योजनाको काम सम्पन्न गरेको दाबी गरेका छन् । त्यसैगरी वडा नं. २ मा १० वटा महत्त्वपूर्ण आयोजनाको काम सम्पन्न गरेको बताउँदै वडा नं. ३ मा ९ वटा आयोजना, वडा नं. ४ मा आठ, वडा नं. ५ मा ११ वटा आयोजनाको काम गरेको डा. रावलले बताएका छन् ।
वडा नं. ६ मा ११, वडा नं. ७ मा १३, वडा नं. ८ मा १२ र वडा नं. ९ मा सात आयोजनामा काम गरेको मन्त्री रावलले बताएका छन् । उनले प्रदेश सरकारको चार वर्ष प्रतिपक्षीमा रहेर प्रदेशको सांसद विकास कोषको बजेटबाट केही महत्त्वपूर्ण कामहरू भएको बताउँदै चालू आर्थिक वर्षमा सरकारमा रहँदा टीकापुरका लागि केही महत्त्वपूर्ण विकासमा टेवा पुग्नेगरी बजेट विनियोजन गर्न सफल भएको बताएका छन् । “धेरै बोलेर नागरिकहरूलाई आस्वस्त पार्न म सक्दैन । जति गर्न सक्छु त्यति नै बोल्छु।” डा. रावलले भने, “भनेर विकास हुने भए आज टीकापुर निकै अगाडि पुग्थ्यो होला । आज पनि केही ब्यक्ति टीकापुरमा भएका सबै विकासका काम मैले गरे भनेर भन्दै हिडेको सुनिरहेको छु ।”
डा. रावलले प्रदेश सरकारमा सहभागी भएपछि चालू आर्थिक वर्षम प्रदेशको ठूलो बजेट टीकापुर क्षेत्रमा ल्याउन सफल भएको बताउँदै यसभन्दा पहिलेको स्थानीय सरकारको भन्दा बढी देखिने गरेर आफुले काम गरेको दाबी समेत गरेका छन् । “कामै नगरी काम गरे भन्ने हाम्रो प्रवृत्तिले हामी विकासमा मुद्दाम कम्जोर बन्दै गएका छौं । यो तितो यथार्थ हो ।” रावलले भने, “हिजोका दिनमा पनि हामी बजेट माग्दै हिड्ने, अर्को पक्ष त्यसलाई विफल बनाउन पछिबाट सक्रिय बन्दै गएको कुरालाई हामी सबैले बुझेकै कुरा हो ।”

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *