शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ०७ असोज/ सामाजिक गतिविधीले पछाडिपारिएका समुदायको जिवनस्तरमा परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन।
सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष डा.आरजु राणा देउवाले पछाडिपारिएका वर्ग समुदाय,जातजातीहरुमा परिवर्तन र उनीहरुको जिवनस्तर माथि उकास्ने गरी सामाजिक गतिविधी र कार्यक्रमहरु संचालन गरिनु पर्नेमा जोड दिएकि हुन । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा नगरस्तरी गैरसरकारी समन्वय समिति , धनगढी उप–महानगरपालिकाले आयोजना गरेको भर्जुअल कार्यक्रममा संविधानसभा समाजसेवी देउवाले सामाजिक संघसंस्थाहरुले राज्यको पाँचौ अंगको रुपमा महत्वपूर्ण कार्य गर्नुृपर्ने धारणा समेत राखिन । “अब पुरुषलाई गालि गरेर मात्रै महिलाको समृद्धी हुन नसक्ने बताउदै महिला र पुरुष जंगसंगै हातेमालो गरेर गएमात्रै समृद्धीमा पुग्न सकिन्छ बरिष्ठ समाजसेवी देउवाले भन्नुभयो तर हामी कहाँ त्यस्तो छैन ।”उनले भनिन,”समाजसेवीको भूमीका कमाउने तिर भन्दा पनि समाजमा योगदान दिनका लागि हुनुपर्छ। समाजसेवा छिमेकबाट नै गर्न सुरु गर्नुपर्छ।छिमेकीका समस्या कस्ता छन् ? पिडामा छ कि ? सानासाना कुराबाट सेवा गर्न सुरु गर्नुपर्छ। समाज भित्र रहेका समस्या, हिंसा विभेद, उत्पीडन न्यूनिकरणका लागि वकालत गर्न सकिन्छ ।”
डा. देउवाले आफु ७ कक्षामा पढ्दा देखि नै समाजसेवामा लागेको भन्दै समाजसेवामा लाग्ने ब्यक्तिले समाजको सन्ततुष्टी आफ्नो सन्तुष्टी भएको बताइन। नगरस्तरीय गैसस समन्वय समितिका संयोजक तथा उप–प्रमुख सुशीला मिश्र भट्टको संयोजकत्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाह, नगरप्रमुख नृपबहादुर वड लगायत क्षेत्रमा महत्वपूर्ण ब्यक्तिहरुको सहभागिता थियो ।