पौष्टिक आहारा पिठो वितरण

शेयेर गर्नुहोस

खेमराज पाण्डे, भजनी १५ असोज/
कैलाली भजनी नेपाल सरकार, विश्व खाद्य कार्यक्रमको संयुक्त साझेदारी र सहयोग तथा सेवक नेपालकाे सहजीकरणमा संचालित पोषिलो पिठो बितरण कार्यक्रम भजनी नगरपालिका वडा नं ८को आधारभूत स्वास्थ्य सेवा केन्द्र गोडचौराका व्यवस्थापन समितिका तथा वडा नं ८अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका अतिथी वडा सदस्य कृष्ण लाल धमाला, वडा कर्मचारी जय प्रसाद ढुंगाना, स्वास्थ्य कर्मी,स्वयसेबिका, लगाएको उपस्थिती रहेको थियो। भजनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भजनी नगरपालिकामा रहेका नौ वटा स्वास्थ्य संस्था मार्फत पौष्टिक आहार बितरण गर्ने कार्यक्रम सुपभाइजर अरुण विकले बताए।भजनी ८ मा सुत्केरी आमा ५६ जना,गर्भमहिला ६५ जना,बालबालिकाहरु १५८जना पोषिलो पीठो बितरण गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यो कार्यक्रमले सुत्केरी,गर्भमहिला, बालबालिकाहरुलाई पौष्टिकआहारामा सहयाेग पुग्ने बताए ।उक्त कार्यक्रमको सहजीकरण अरुण विकले गरेका थिए।

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *